आर्शिवाद क्लव अफ नेपालको अध्यक्षमा अर्जुन


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित




कार्तिक ४ पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित आर्शिवाद क्लव अफ नेपालको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाले अर्जुन बरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सभाले क्लवको इन्चार्जमा मनिष बराल, उपाध्यक्षमा भिषण बराल, अङ्कित बराल र निशा देवकोटा, सचिवमा शुसान्त बराल, कोषाध्यक्षमा शिशिर बराल, सह सचिवमा विद्या बराल, संगिता बराल र डिजोन सापकोटा, सह–कोषाध्यक्षमा विपना सुनार चयन भएका छन् ।

त्यसैगरी समग्र विभाग प्रमुखमा आशिष बराल, स्वास्थ्य विभाग प्रमुखमा विनायक अधिकारी, आइटी विभाग प्रमुखमा विश्वास खनाल, खेलकुद विभाग प्रमुखमा सक्रिय बराल, संस्कृति विभाग प्रमुखमा सुजन बराल चयन भएका छन् ।

क्लवको कार्य समितिमा १९ जना सदस्य रहेका छन् । वडा नं १३ का वडा अध्यक्ष किरण बरालले आर्वाको विकासमा सबै मिलेर अगाडि बढ्नु पर्ने धारण राखे । क्लवमा आज सम्म समाजमा राम्रो कार्य गर्दै आएकोमा अध्यक्ष बरालले प्रशंसा गरे ।

आर्शिवाद क्लव अफ नेपालका अध्यक्ष मनिष बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक इन्चार्ज विक्रम बराल, निवर्तमान इन्चार्ज रवि बराल र पत्रकार श्रीराम सिग्देल, क्लवका उपाध्यक्ष शुषान्त बराल र सचिव अर्जुन बराल लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।