पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा १३१ यूनिट रगत संकलन भएको छ ।
बढ्दो डेंगु संक्रमण र चाड पर्वको कारण पोखरामा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै क्लवले सोमबार आयोजना गरेको आकस्मीक रक्तदान कार्यक्रममा १३१ यूनिट रगत संकलन भएको हो ।
कार्यक्रमको लायन्स क्लव का गर्भनर विनोद ढुङगानाले पहिलो रक्तदाता प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे ।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, रत्तदान अभियान्ता कृष्ण बहादुर थापा, आकस्मीक रत्तदाता समुहका संयोजक नेत्र ढकाल, रत्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के सी, क्लबका पूर्व अध्यक्ष रुक बहादुर गुरुङ, मोहन पौडेल, दामोदर आचार्य , बसन्त कोइराला ,भरत राज सिग्देल ,उपाध्यक्ष भगवान श्रेष्ठ , सचिव सुर्य राना लगायतले रत्तदानको महत्वका बारेमा बोलेका थिए ।
पोखरामा डेंगुका विरामी बढ्दो क्रममा रहेको अवस्थामा नियमित रक्तदानका कार्यक्रमहरुपनि नहुँदा रगत व्यवस्थापनमा समस्या हुँदै आएको केन्द्रले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







