पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीनजका पर्वको अवसरमा आयोजित कार्यक्रमको उट्घाटन गर्दै एमालेका पुर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले पार्टीलाई विभिन्न शक्तिले घेरावन्दीमा पार्न खोजेको वताउँदै, यसलाई तोडेर जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली र समृद्घ नेपाल एमाले नेतृत्वले मात्र पुरा गर्न सक्ने उल्लेख गर्दै, त्यसका लागि नेता कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
एमालेका केन्द्रिय सदस्य प्रभा कोईरालाले पार्टीले अगींकार गरेको निति र सर्कुलरलाई टोल कमिटीसम्म पुर्याउनुपर्ने वताउँदै, कहिंकतै समस्या भए पाटी पक्तिलाई जानकारी गराउन आग्रह गरे ।
वडा कमिटीका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा, एमाले कास्कीका सचिव दर्शन लामा, पोखरा महानगर कमिटिका अध्यक्ष जीवन आचार्य लगायतले आम कार्यकर्ताहरु जनताको विचमा थप क्रियाशिल रहदैं, विकास निर्माण र जनचासोका काममा केन्द्रित हुन सुझाव दिए ।
वडा कमिटीका सचिव यमनकाजी गुरुङले संचालन गरेको कार्यक्रममा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






