पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–३२, उप–शाखाको पन्ध्र्रौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले आगामी कार्यकालको लागि विन्दुराज तिवारीलाई सभापतिमा चयन गरेका छन् ।
सर्वसम्वत रुपमा चयन भएको समितिको महिला उप–सभापतिमा विमलाकुमारी थापा बस्नेत, सचिवमा विष्णुवहादुर बस्नेत, कोषाध्यक्षमा कृतीराज खनाल, उप–सचिवमा भक्त बहादुर के.सी., उप–कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, महिला सदस्य देवी तिवारी, सदस्यमा महेन्द्रराज धमला, , प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत चयन भएका हुन् ।
११ सदस्यीय पदका लागि भएको निर्वाचनमा समितिको संयोजकमा नेपाल रेडक्रस सोसाइटी जिल्ला उप–सभापति उर्मिला खड्का र सदस्यमा प्रादेशिक रक्त संचार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवाली र सन्जय पौडेल रहेका थिए ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३२, का वडा अध्यक्ष अक्कलवहादुर कार्कीले ऋषिहरुको आश्रम स्थलमा जे ऋषिमुनिले कर्म गरे सोही अनुसार निस्वार्थ भावनाले सदैव सकारात्मक सोच अनुसार अगाडी वड्न आग्रह गर्दै संस्थाले आफ्नै भौतिक भवन संरचना तयार गर्न लागेकोमा सबैको साथ र सहयोगले समयमा नै निमार्ण कार्य सम्पन्र्न हुने विश्वास व्यक्त गर्दै विपदका समयमा मानविय सेवामा जुट्न सम्पूर्णमा आव्हान गर्नुभयो । कार्कीले समय सापेक्ष अनुसार शुद्ध सामाजिक संस्था रेडक्रसका सात सिद्धान्तमा रहेर कार्र्य गर्नु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति एवम् विपद् व्यवस्थापन समितिका सयोजक उर्मिला खड्काले मानवीय कार्यमा व्यस्त रेडक्रसले सबैलाई समान सहयोग गर्ने उल्लेख गर्दे संस्थाका मुल नाराको महत्व माथि प्रकाश पार्दै विपतको साथी जहाँ समस्या त्यहाँ उपाए भए झै सवै क्षेत्रको सहयोग र निस्वार्थ भावनाले नै रेडक्रस जस्तो संस्था अगाडी बढेको बताइन् ।
कार्यक्रममा संस्थाका पुर्व सभापति मेघराज पौडेल, समाज सेवी कुलप्रसाद अधिकारी, अर्जुन मल्ल, जुनियर रेडक्रस गोगन मा.वि.का संरक्षक मोहन बराल, आजिवन सदस्य बसुन्धरा पौडेल, समाज सेवी विष्णु वहादुर बस्नेत लगायतले रेडक्रसको महत्वका बारेमा बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–३२, उप–शाखाको समापतिमा किसान परियारको सभापत्विमा भएको कार्यक्रममा संस्थाका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गरेकी थिइन् ।
कार्यक्रमा संस्थाका कोषाध्यक्ष शरणकुमार प्रधानले वार्षिक आय व्याय विवरण प्रस्तुत र सचिव विन्दुराज तिवारीले सचिवको प्रतिवेदन र भावि योजना प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष विमला कुमारी थापालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव विन्दुराज तिवारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







