पोखरा, कात्तिक ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार भयो भनेर भ्रामक खबर फैलाइएको भन्दै कास्की प्रहरीले यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सहकारी ठगी, संगठित अपराध तथा सम्पती शुद्धिकरण सम्बन्धी मुद्धामा कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते म्याद थप गर्न अदालतमा लैजाँदा दुव्र्यवहार भयो भनेर भ्रामक प्रचार गरिएको कास्की प्रहरीले स्पष्ट पारेको हो । कास्की प्रहरीले जारी गरेको सूचनामा भनिएको छ,‘ईजलाशमा आदरार्थी शब्द प्रयोग नगरेको, ईजलाशमा हतियारसहित प्रहरी प्रवेश गरेको, धम्क्याएको एवम् प्रहरी हिरासतमासमेत दुव्र्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोलकल्पित भ्रमपूर्ण बिचारहरु टिकटक, लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
तथ्यहीन, भ्रामक र झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुँदा मुद्दाको अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने भन्दै कास्की प्रहरीले तथ्यमा आधारित रहेरमात्र सूचना प्रवाह गर्न आग्रह गरेको छ । प्रहरीले रविको मुद्धा फौजदारी अभियोग अन्तर्गतको भएकाले अनुसन्धानमा फौजदारी न्याय प्रणालीको मूल्य, मान्यतामा रहेर तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको जनाएको छ ।
यसअघि रविको पक्षमा वकालत गर्ने वकीलले ईजलाश लैजाँदा रविलाई भेट्न नदिएको भन्दै सामाजिक सञ्जालमा लाईभ गरेका थिए । जसलाई रविका समर्थकहरुले रवि आफैले प्रहरीबाट दुव्र्यवहार भयो भनेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







