फाइल तस्विर
कार्तिक ११ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका छन् ।
गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताए ।
“नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उनले भने, “अवैतनिक राजदूतका रुपमा विश्वमाझ नेपाललाई चिनाउँदै नेपालको राष्ट्रियता थप बलियो बनाउनुका साथै आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ, तपाईंहरु सबै धन्यवादको पात्र हुनुहुन्छ ।”
उनले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्नेगरी कानुन संशोधनको तयारीमा सरकार रहेको जानकारी दिए । कानुन संशोधनका लागि गृहकार्य भइरहेकाले सुझावको अपेक्षा गरका छौँ भन्दै गृहमन्त्री लेखकले लोकतन्त्र र विधिको शासनसहित समुन्नत नेपालका पक्षमा उभिन गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरे ।
गैैरआवासीय नेपाली सङ्घ (एआरएनए)का अध्यक्ष डा बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताए । उनले भने, “मातृभूमि नेपालमा रु एक खर्ब लगानी गरिसकेका गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराएर लगानीका वातावरण सहज गरिदिन अनुरोध गर्दछौँ ।”
गैरआवासीय नेपाली सङ्घमा पछिल्लो समयमा विवाद सिर्जना भई विभिन्न समूहहरू सक्रिय रहेको भन्ने सन्दर्भमा उनले भने, “आफूहरू सदैव एकताको पक्षमा रहेकाले अझ गतिशील र प्रभावकारी एनआरएनका पक्षमा साथ दिन एनआरएन दिवसका उपलक्ष्यमा सबैसँग अनुरोध गर्दछु । आपसी सहयोग, सहकार्य र समन्वयसहित एकताबद्ध एआरएन र समुन्नत नेपालका पक्षमा एकजुट हौँ । ”
पूर्वअध्यक्ष डा उपेन्द्र महतोले एनआरएनएमा देखिएका विवाद समाधान गरी एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिँदै संस्थापक अध्यक्षका हैसियतले अझ सुदृढ र एकताबद्ध एनआरएनका पक्षमा सक्दो सहयोग र सहजीकरण गर्न आफू तयार बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






