पोखरा, कात्तिक १४
पोखराको पृथ्वीचोकमा महिला साफ च्याम्पियनसीपको फाइनल खेल देखाइने भएको छ । आयोजक नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पीयनसीपको फाइनल खेल पृथ्वीचोकस्थित डिजिटल डिस्प्ले बोर्डमा देखाइने भएको हो । दशरथ रंगशालामा आज साँझ ६ः३० बजेदेखि फाइनल खेल हुनेछ ।
पोखरा महानगरपालिकाको पहलमा डिजिटल डिस्प्लेमा फुटबल देखाइने र त्यसको तयारी गरिएको महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







