गण्डकी । गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताए ।
छठका अवसरमा आज जारी गरेको शुुभकामना सन्देशमा उनले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गरेका छन् । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उनले भने ।
सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित। फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







