लेखनाथ जेसीजले जेसीज सप्ताह गर्दै


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८१ मा प्रकाशित




लेखनाथ । ’मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराका साथ लेखनाथ जेसीजले विविध कार्यक्रमका साथ यस वर्षको जेसीज सप्ताह–२०२४ गर्ने भएको छ ।

हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले यस वर्ष कार्तिक २३ देखि २७ गते सम्म जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गर्न लागेको मुल संयोजक शुशिल ढुङ्गानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २३ गते झण्डोत्तल तथा उद्धघाटन समारोह , दोश्रो दिन ट्राफिक सचेतना तथा निशुल्क चालक÷सह चालक स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाटको बताएका छन् ।

यसै विच लेखनाथ जेसीजले केही समय अघिमात्र नेपाल जेसिजको आयोजनामा कास्की स्थित सात तालको बाटिका सहर लेखनाथमा १३ औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन समेत गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।