लेखनाथ जेसीजको जेसीज सप्ताह सुरु


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८१ मा प्रकाशित




कार्तिक २३ पोखरा । पाँच दिनमा सात वटा कार्यक्रम गर्ने गरि लेखनाथ जेसीजले आजदेखि यस वर्षको जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।

हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा कार्तिक २३ देखि २७ गते सम्म सप्ताह ब्यापी कार्यक्रम मार्फत जेसीज सप्ताह सुरु गरेको हो ।

जेसीज सप्ताहको पहिलो दिन पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथ जेसीजको सचिवालय पोखरा २७ को तालचोक परिसरमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तलन गर्दै जेसीज सप्ताहको सुभारम्भ गरे ।

लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसीजका पूर्व अध्यक्ष नविन प्रसाद बास्तोला,ऋषिराम जमरकटेल, सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, लायन्स क्लव नेचुर टाउनका अध्यक्ष वुद्दिराज सुवेदी, जुनियर जेसीजका एरिया वि संयोजक सन्दर्भ खनाल लगाएतले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामका बारेमा चर्चा गरेका थिए ।

लेखनाथ जेसीजका महासचिव मौसम बरालले संचालन गरेको कार्यक्रममा जेसीज आस्था पाठ सदस्य शिवानी केसीले गरेकी थिईन भने स्वागत मन्तव्य संयोजक रसिसहरी भण्डारी र मुल संयोजक शुसील ढुंगानाले सप्ताहब्यापी कार्यक्रमका वारेमा जानकारी गराएका थिए ।

जेसीज सप्ताह अन्तरगत ट्राफिक सचेतना तथा निशुल्क चालक/सह चालकको स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।