पोखरा, कात्तिक २४ ।
स्वरसम्राट् नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा लोकार्पण हुने भएको छ । अध्येता प्रकाश सायमीद्वारा लिखित सो पुस्तकको शनिबार पोखरामा लोकार्पण कार्यक्रम हुन लागेको हो ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा हुने कार्यक्रममा पुस्तकको लोकार्पणसँगै सो पुस्तक सम्बन्धि परिचर्चा तथा बुक साईनिङ कार्यक्रमसमेत हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम कार्तिक २४ गते शनिबार अपराह्न १ः३० बजे एसआरकेसी ब्याङ्क्वेट माटेपानी पोखरा–१२ मा हुने आयोजकले बताएको छ ।
लेखक प्रकाश सायमी पेशाले फिल्म निर्देशक हुन् । विसं २०३९ सालदेखि उनी लेखनमा सक्रिय छन् । उनले नेपाली सिनेमा पृथिवी २०५०, सिमाना २०५१, अवतार २०५३, जमीन २०५४, रानीखोला २०५५, हतियार २०५६, का निर्देशन गरेका सायमीले मैथिली फिल्म हंसा चलल परदेश को पनि निर्देशन गरेका छन् ।
गायक सङ्गीतकार नारायणगोपाल गुरुवाचार्यसित २०३७ साल देखि उनी परिचित हुन् । नारायणगोपालसित करिब दश वर्ष लामो सम्बन्धमा रहेका लेखक सायमीले नारायणगोपालले आयोजना गरेको साङ्गीतिक कार्यक्रम स्मृतिका कोसेली हाम्रा गीतहरूमा स्टेजमा कार्यक्रम सञ्चालक भएर काम पनि गरेका थिए ।
नारायगोपालका जीवनका आरोह अवरोहदेखि नारायणगोपालदेखि स्वरसम्राट् नारायणगोपालसम्मका यात्राका विविध पक्षलाई समेटेर तयार पारिएको पुस्तक काठमाण्डौमा लोकार्पण भए पनि पोखरा आफ्नो कर्मभूमि, प्रिय ठांउ र दोस्रो घर भएकोले पोखरामा परिचर्चासहित लोकार्पण गर्न लागिएको सायमीले बताए । अनन्त यात्रा , वर्षादि दिनहरु , ईं सलाइका काँटी , रे : द म्यान अफ द सिनेमा, चलचित्र कला र प्रविधि, नेपाली संगीतको स्वर्णिम युग, नेपाली संगीतको एक शतक, गालिबको चिहान, काठमाडौं सेल्फि, काठमाण्डौ मोन्टाज लगायत विविध विधाका दर्जनौं कृति प्रकाशित गरिसकेका लेखक प्रकाश सायमीको यो नयाँ कृति “जीवनी” पुस्तक हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप मा.विले विश्व वातावरण दिवसको अवसरमा सचेतना…







