कृषि

तनहुँमा सहकारीमार्फत आलुको कारोबार

कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ । कार्यालयले आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो… पुरा पढौ

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

गलकोट । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी… पुरा पढौ

बागलुङमा उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । “स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ… पुरा पढौ

म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०÷८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो । कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए । “म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,” उनले भने, “सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।” कार्यालयका सव इञ्जिनीयर… पुरा पढौ

अनुदान नीतिले दूध उत्पादनमा वृद्धि

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार प्रति लिटर रु दशका दरले अनुदान उपलब्ध गराइएको छ । तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन्… पुरा पढौ

देशभर ६७.३ प्रतिशत रोपाइँ

हालसम्म देशभर ६७।३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै… पुरा पढौ

गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उनको… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान… पुरा पढौ

पोखरेली जेठो बुढो धानको उन्नत बीउ पर्वतमा उत्पादन गरिँदै

पर्वत । स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा नं २ बर्राचौरमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्न लागिएको हो । पछिल्लो समय नेपाली भान्छामा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठो बुढो धानको… पुरा पढौ

तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि… पुरा पढौ