कृषि

पर्वतमा एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत । जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् । त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी–दुलेपानी… पुरा पढौ

गाउँगाउँका तरकारी कृषि ‘एम्बुलेन्स’मार्फत पोखरा बजारमा

कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिए । त्यहाँ उनी जस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भने, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको… पुरा पढौ

गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशको कृषि तथा भूमि… पुरा पढौ

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१… पुरा पढौ

कृषि उपजलाई बजार अभाव

म्याग्दी । पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । बेनी बजारमा प्रतिलिटर रु एक सय ४० का दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर रु एक सय २० मा बिक्री गर्दा पनि बजार पाएका छन् । “नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको… पुरा पढौ

तनहुँमा दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

दमौली । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् । यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०÷८१ मा रु ४५… पुरा पढौ

लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

सुन्दरबजार । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन । हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् । हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ… पुरा पढौ

बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

गलकोट । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् । विश्व चुनौती कार्यक्रम(वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती… पुरा पढौ

धानबालीमा फेद कुहिने समस्या भएपछि किसान चिन्तित

बलेवा । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताए । “धान गोड्ने समय हुँदै थियो,… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा घाँसमा आधारित पशुपालनमा जोड

कास्की । पशुजन्य उत्पादनको लागत न्यूनीकरणका लागि प्रदेश सरकारले घाँसमा आधारित पशुपालनमा जोड दिएको छ । किसानलाई घाँस उत्पादन गर्न अनुदान दिएर दानाको माग कम गरी पशुउत्पादन लागत कम गर्नका लागि घाँसखेती प्रोत्साहन कार्यक्रम सञ्चालन भए पनि यसमा किसानको आकर्षण भने छैन । यस कार्यक्रमबाट खेतीयोग्य जमिन सदुपयोग हुने र पशुचौपायाका लागि दाना खर्च घटाउने लक्ष्य राखिएको थियो । गण्डकी प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्षमा सञ्चालन गरेको बाँझो जमिनमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका… पुरा पढौ