बाढीपहिरो

तीज मनाउने खर्च भोटेकोशी बाढी प्रभावितलाई, अम्बिका आमा समुहद्वारा १ लाख बढी सहयोग

शिशिर उजाडपोखरा पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेको छ । नारीहरुको साँस्कृतिक पर्व हरितालिका तीजमा खर्च गरिने रकम गत बुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकका लागि खर्च गरिएको समुहले जनाएको छ । संस्थाले टोलबाट संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष कृष्ण कुमारी खवासले जानकारी दिईन् । सो रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत प्रधानमन्त्री… पुरा पढौ

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार,भारतबाट पनि आईपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन छन् । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि उनीहरुलाई जीवितै उद्धार गरेको हो । गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । अन्यको पनि उद्धार कार्य जारी रहेको बताईएको छ । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री… पुरा पढौ

रसुवा बाढी प्रभावितलाई महिला समाज कल्याण आमा समुहको सहयोग

पोखराको लामाचौरस्थित अकलामा रहेको महिला समाज कल्याण आमा समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि समुहले कोषमा ४५ हजार ५ रुपैयाँ जम्मा गरेको हो । प्रत्येक बर्ष तीज विशेष कार्यक्रम गर्दै आएको सो समुहले कार्यक्रम नै स्थगीत गरी,बाढी पिडितको सहयोगार्थ रकम हस्तान्तरण गरेको अध्यक्ष वीना खनाल गौतमले जानकारी दिईन् । देशमा आएको महाविपत्तीले सम्पुर्ण नागरिक शोकाकुल भएको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नहुने उनको… पुरा पढौ

सिद्धार्थ क्लबद्वारा ५ लाख बढी सहयोग राहत कोषमा जम्मा

पोखराको अग्रणी सामाजिक संस्था सिद्धार्थ क्लबले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि आर्थिक सहयोग गरेको छ । क्लबले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २० हजार ३ सय ३६ रुपैयाँ जम्मा गरेको जनाएको छ । पीडितलाई राहत पुर्‍याउने उद्देश्यले क्लबले आर्थिक संकलन अभियान नै संचालन गरेको थियो । अभियानमा क्लबका सदस्य र देश तथा विदेशमा रहेका सहयोगीहरूले योगदान दिएका छन् । आर्थिक सहयोगका अतिरिक्त क्लबले बाढीपछिको संकटमा भौतिक सहयोग पनि गरिरहेको छ । अहिले भइरहेको… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार २५२ शव फेला,हालसम्म ९५ शव हस्तान्तरण

रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ । सङ्कलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । फेला… पुरा पढौ

बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग

पद्म नर्सिङ्ग होम प्रा.लि,नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रा.लिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हो । नर्सिङ्ग होमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक नबिल बैक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेका जनाएको छ । प्रा.लि. का अध्यक्ष यादब गौतमले प्राकृतिक बिपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा राहत संकलन सुरु

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन सुरु गरेको छ। सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताएकी छन्। सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकेको छ भने त्यसपछि राहत संकलन अभियान थालेको हो । जसको संयोजन सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गरेका छन् । उनले शोकको घडीमा… पुरा पढौ

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, तीन हजारभन्दा बढी बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै करिब तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिईन् । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी,… पुरा पढौ

आदर्श युवा क्लबद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए ।क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए पनि यसपटक बाढीपीडितको राहतमा नै रकम खर्च गर्ने… पुरा पढौ

नव आदर्शद्वारा राहत संकलन अभियान नै सुरु, कोषमा १ लाख ११ हजार सहयोग

पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले रसुवाका बाढी पिडितको लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।अध्यक्ष भण्डारीले विपत्तिमा गरिएको सहयोग रकम ठूलो नभए पनि देशलाई दुःख परेको समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र सद्भाव प्रकट गर्ने संस्थाको सानो प्रयास भएको बताए । भण्डारीका अनुसार संस्थाले बिगत २८ बर्षदेखि निरन्तर रुपमा संचालन गर्दै आएको लामाचौर तीज मेला पनि स्थगित गरेको… पुरा पढौ