बाढीपहिरो

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ । यसैबिच विनाशकारी बाढीमा परेर अकालमा ज्यान गुमाएकाहरुको सम्मानमा पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन गरिएको छ । पोखरामा… पुरा पढौ

बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियटद्वारा १० लाख ३ हजार सहयोग

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप… पुरा पढौ

बाढीले गोरखाको मनास्लु पदमार्ग अवरुद्ध

बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए । “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार… पुरा पढौ

बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, पर्यटक आवागमन प्रभावित

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पा¥यो”, उनले भने, “गाउँबाट तल जाने… पुरा पढौ

कास्कीमा जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई कामदारको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी इलाम… पुरा पढौ

एमाले पोखरा ५ ले बाढीपीडितका लागि जुटायो १ लाख १ हजार

नेकपा एमाले वडा कमिटी, पोखरा ५ ले भोटेकोशी बाढी पिडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कमिटीले तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकमसमेत विपद् राहतमा जोडेर शनिबार एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । वडा कमिटीले वार्षिक क्यालेन्डरमा समावेश गरेको तीज विशेष कार्यक्रमसमेत स्थगित गरी त्यसका लागि संकलित रकमलाई विपद् राहत कोषमा थप गरेको कमिटीका अध्यक्ष लक्ष्मण बरालले बताए । राष्ट्रिय विपद्का कारण नागरिक शोक र पीडामा… पुरा पढौ

बाढी प्रभावित क्षेत्रबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार

बाढी प्रभावित क्षेत्र नुवाकोटबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको हो । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । त्यस्तै नुवाकोटको बेत्रावतीमा एक महिलाको पनि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । स्थानीय आनन्द श्रेष्ठको… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।उनका अनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला,हालसम्म ९२६ जनाको शव जमिनमा व्यवस्थापन

रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ । आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो । त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८… पुरा पढौ