बाढीपहिरो

विपद्को पीडामा खल्लो बन्दै यस बर्षको तीज

सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई केफ मा.विको ३ लाख बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन्… पुरा पढौ

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

जुम्लाको गुठीचौर गाउँपालिका १ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे । उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे । तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन् । “एघार दिन रसुवा… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… पुरा पढौ

रसुवा बाढीपीडितलाई महिला समाज कल्याणको एक लाख बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरामा रहेका बिभिन्न आमा समुहले सहयोग अभियानलाई जारी राखेका छन् । बाढीबाट प्रभावित नागरिकका लागि लामाचौरमा रहेको महिला समाज कल्याण आमा समुहले एक लाख बढी सहयोग गरेको छ । समुहले संकलन गरेको १ लाख ६ हजार ५८० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमाजम्मा गरिएको अध्यक्ष लायन हिरा भण्डारीले जानकारी दिईन् । संकलित रकमबाट बचेको १ हजार ४५ रुपैयाँ एक क्यान्सर पिडित युवालाई सहयोग गरिएको उनले बताईन् ।समुहले संचालन गरेको अभियानमा समुहमा… पुरा पढौ

भजनबाट उठेको रकम भोटेकोशी बाढी पीडितलाई

पोखराको एक भजन समुहले भजन गाएर संकलन गरेको रकम भोटेकोशी बाढी पीडितलाई सहयोग गरेका छन् । भदौं १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई पोखरा १६ मा रहेको अमलाबिसौंनी धोविनी पाटन भजन समुहले नगद १० हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । उक्त रकम समुहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको समुहका संयोजक राजेन्द्र शाही ठकुरीले जानकारी दिए ।विनाशकारी बाढीबाट आफ्नो परिवारसहित सम्पुर्ण गुमाएका परिवारलाई सान्त्वना स्वरुप सानो रकम भए पनि सहयोग गरेको… पुरा पढौ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा, जोखिम नरहेको दावी

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए । “हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि… पुरा पढौ

नव आदर्शको राहत सामाग्री रसुवाका बाढी प्रभावितलाई

पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामाग्री रसुवा पठाएको छ । गत भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावित भएका नागरिकका लागि समाजले संकलन गरेको राहत सामाग्री सोमबार रसुवा पठाईएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए । भदौ १६ देखि १८ गतेसम्म संकलन गरिएको करिब १२ लाख ५० हजार बराबरको सामाग्री कर्मा फ्लाईट्ससँगको समन्वयमा रसुवाको बाढी प्रभावित क्षेत्रमा पठाईएको अध्यक्ष भण्डारीले बताए । तीन दिनको बिचमा संकलित खाद्यान्न, लत्ता कपडा,भाडाँवर्तनसहित ४०… पुरा पढौ

बाढीपीडितका लागि लामाचौर नेवाः खलद्वारा ५५ हजार ५५५ रुपैयाँ सहयोग

लामाचौर नेवाः खलः गुठी कास्कीले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गुठीले आफ्ना ४० घरधुरी सदस्यहरूबाट संकलित ५५ हजार ५५५ रुपैयाँ कोषको हिमालयन बैंकमा रहेको खातामा सोमबार जम्मा गरेको गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण सयौं मानिसको ज्यान गएको, हजारौं प्रभावित तथा बेपत्ता र ठूलो मात्रामा भौतिक क्षति पुगेपछि देश नै शोकमा रहेका बेला सामाजिक उत्तरदायित्वस्वरुप गुठीले सहयोग गरेको हो ।परम्परा र… पुरा पढौ

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु,उद्धार तथा राहतका लागि २१ हजार बढी सुरक्षाकर्मी परिचालन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिईन् । उनले भनिन्, “बाढीमा परी करिब चार… पुरा पढौ