बाढीपहिरो

२१ बुँदे घोषणा पत्र जारी गर्दै घरपझोङ जलवायु परिवर्तन सम्मेलन सम्पन्न, हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययनसँगै हिमताल र हिमनदीमा निगरानी बढाउन माग

पोखरा, भदौ ३१ मुस्ताङको घरपझोङमा भएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ले २१ बुँदे घोषणा पत्र जारी गरेको छ । सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न मागसहित २१ बुँदे घोषणा पत्र जारी गरेको हो । सम्मेलनले हिमनदी र हिमतालको निगरानी बढाउनुका साथै पूर्वसूचना प्रणाली विस्तार गर्न पर्याप्त अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानी गर्न माग गरेको छ ।सम्मेलनले जलवायु न्यायलाई मूल मुद्दा बनाउन माग गरेको छ । जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै सम्मेलनले हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता… पुरा पढौ

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा… पुरा पढौ

तनहुँको एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ ।गए राति खोल्सामा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र १० वटा कच्ची घरमा… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला, ६ सय विदेशी अझै बेपत्ता

रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन् । बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको… पुरा पढौ

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न… पुरा पढौ

विपद्को पीडामा खल्लो बन्दै यस बर्षको तीज

सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई केफ मा.विको ३ लाख बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन्… पुरा पढौ

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

जुम्लाको गुठीचौर गाउँपालिका १ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे । उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे । तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन् । “एघार दिन रसुवा… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… पुरा पढौ

रसुवा बाढीपीडितलाई महिला समाज कल्याणको एक लाख बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरामा रहेका बिभिन्न आमा समुहले सहयोग अभियानलाई जारी राखेका छन् । बाढीबाट प्रभावित नागरिकका लागि लामाचौरमा रहेको महिला समाज कल्याण आमा समुहले एक लाख बढी सहयोग गरेको छ । समुहले संकलन गरेको १ लाख ६ हजार ५८० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमाजम्मा गरिएको अध्यक्ष लायन हिरा भण्डारीले जानकारी दिईन् । संकलित रकमबाट बचेको १ हजार ४५ रुपैयाँ एक क्यान्सर पिडित युवालाई सहयोग गरिएको उनले बताईन् ।समुहले संचालन गरेको अभियानमा समुहमा… पुरा पढौ