कृषि

पोखरा महानगरपालिकाद्धारा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान… पुरा पढौ

पोखरेली जेठो बुढो धानको उन्नत बीउ पर्वतमा उत्पादन गरिँदै

पर्वत । स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा नं २ बर्राचौरमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्न लागिएको हो । पछिल्लो समय नेपाली भान्छामा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठो बुढो धानको… पुरा पढौ

तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि… पुरा पढौ

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी… पुरा पढौ

तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू… पुरा पढौ

असार तेस्रो सातासम्ममा गण्डकीमा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ

गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन् । यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा… पुरा पढौ

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताए । “सुक्खा… पुरा पढौ

कास्कीमा अनुदानकै बजेट खर्च भएन

गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु दुई करोड… पुरा पढौ

दूध किसानले पाए रु सोह्र लाख अनुदान,दूधमा अनुदान कार्यक्रम फलदायी

गलकोट । बागलुङ जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दूधमा भने प्रतिलिटर रु २.५ अनुदान दिँदै आइएको उनले जानकारी दिए ।… पुरा पढौ

बागलुङको जैमिनीमा बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे । उनले भने, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ,… पुरा पढौ