देश

कास्कीका होंचा सागरले विश्वकै अग्लो सगरमाथा चढ्ने

पोखरा, माघ २१ होंचा सागर सुनार (विश्वकर्मा)ले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी गरेका छन् । केवल ३ फुट ७ ईञ्च मात्र उचाई भएका २८ वर्षिय सागरले सर्वोच्च शिखर सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने तयारी गरेका हुन् । सागर होंचासँगै फरक क्षमताका पनि छन् । जन्मजात अपाङ्गता भएका उनको खुट्टा सामान्य मानिसको भन्दा फरक छ । अर्थात उनको खुट्टा बाङ्गो छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ सैमराङस्थित तेसा गाउँ निवासी बुबा दुर्गबहादुर सुनार… पुरा पढौ

शुक्रबार गण्डकीमा थप २३८ जनामा कोरोना पुष्टि, ९३५ संक्रमणमुक्त

गण्डक । पछिल्लो २४ घण्टामा गण्डकीका थप २३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७०४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९० जना, तनहुँका छ जना, गोरखाका चार जना, लमजुङका १६ जना र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ५९ जना, पर्वतका २० जना, बाग्लुङका १२ जना, म्याग्दीका… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर वर्षा, पोखरामा २३.६ मिमि वर्षा

गण्डकी । गएरातिको रिमझिम झरीसँगै खसेको हिउँले गण्डकी प्रदेशका उच्च क्षेत्रका डाँडाकाँडा ढाकिएका छन् । तलतल बस्तीसम्मै हिउँ झरेको छ । केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ । जाडोका कारण देशै भरिको जीनजीवन प्रभावित बनेको छ । बागलुङको निसीखोला,ढोरपाटन, घुम्टे, गाजा, डुँडेलेक, बेलढुङ्गा, घोडाबाँधे, थामानेटालगायत पर्यटकीयस्थल हिउँले सेताम्मे बनेका छन् । घोडाबाँधेदेखि तल बिहँु पोखरासम्मै हिउँ परेको रिजालचोकका होटेल व्यवसायी विष्णु थापाले जानकारी बताएका छन् । “रातिदेखि नै हिउँ पर्न थालेको हो, बिहान उठ्दा… पुरा पढौ

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिएका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौँ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३-३ रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु. १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु. १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ को बिक्री खुला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार… पुरा पढौ

कस्तो ? रहला शुक्रबारको मौसम

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ… पुरा पढौ

संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् । उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरे । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो । रासस पुरा पढौ

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

काठमाण्डौं । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ । अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी… पुरा पढौ

मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आग्रह गरेको छ । आयोगमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाई सो आग्रह गरेको हो । आयोगले समाजमा शान्ति सुरक्षा खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ । मन्त्री यादवले आफूले श्रद्धाञ्जलि सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले… पुरा पढौ