देश

गण्डकीमा थप ९ सय जनामा कोरोना पुष्टि,कास्कीमा ४८९ जना संक्रमित

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४८९ जना, तनहुँका ६९ जना, गोरखाका ४० जना, लमजुङका ४५ जना र नवलपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १२३ जना, पर्वतका १६ जना, बाग्लुङका ३७… पुरा पढौ

कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि हाललाई स्थगन गरिएको जनाएको छ । यही माघ १५ गते गर्ने भनिएका उक्त जिल्लाको जिल्ला अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा… पुरा पढौ

हुम्लामा खाद्यान्न अभावः चार महिनापछि बल्ल ढुवानी

हुम्ला। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल… पुरा पढौ

काम सवै अनलाइनबाटै,कार्यालय भने सुनसान

वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाट दिन थालेपछि कार्यालयमा हुने भीड हटेको हो । कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाट जारी गर्दै आएकामा यही माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाटै दिन थालेको हो । पहिलो दिन नै ८५५ जनाले अनलाइनबाट… पुरा पढौ

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै

सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए… पुरा पढौ

कर्णालीमा सिटामोलको चरम अभाव

कर्णाली । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ ।… पुरा पढौ

एउटै गाउँबाट तीन करोडको सुन्तला बिक्री

तनहँ । तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष सुन्तला विक्री गरेर गाउँमा रु तीन करोड भित्र्याएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकले यस वर्ष सुन्तला विक्री गरेर रु तीन करोड आम्दानी गरेका हुन् । तीन दशक अगाडीसम्म बाँझो पाखोको रुपमा रहेको यस ठाउँ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ । मिहीनेत गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण त्यहाँका किसानले प्रस्तुत गरेका छन् । त्यहाँका विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला विक्री… पुरा पढौ

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए । उनको सचिवालयका अनुसार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पुरा पढौ

सोँदाको बाटो नबन्दा हैरानी खेप्दै कास्कीको पर्यटकीय क्षेत्र सोँदा, सिक्लेश र खिलाङबासी

पोखरा, माघ ६ बाढीले भत्काएको बाटो पुर्ननिर्माण नगर्दा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेश, खिलाङ र सोँदाबासी हैरानीमा परेका छन् । मादी गाउँपालिका वडा नम्बर १ को सोँदास्थित मादी नदीमा गत जेठ ३१ गते आएको बाढीले बगाएको बाटो पुनःनिर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी कास्कीको प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक सिक्लेश, खिलाङ र सोँदाका स्थानियबासी हैरानी खेप्न बाध्य भएका हुन् । गत जेठ ३१ गते आएको बाढीले सिक्लेश र खिलाङ जाने बाटो बगाएको थियो । उक्त बाढीले ३ घर पूर्ण रुपमा बगाएको थियो… पुरा पढौ

भोलिदेखि मौसममा सुधार हुने

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उनले भने । भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का… पुरा पढौ