देश

विहीवार गण्डकीका थप २९० जनामा कोरोना पुष्टि, ९४९ संक्रमणमुक्त

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप २९० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६५४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७० जना, तनहुँका १४ जना, गोरखाका एक जना, लमजुङका १७ जना र नवलपुरका चार जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका २६ जना, पर्वतका पाँच जना, बाग्लुङका १९ जना, म्याग्दीका… पुरा पढौ

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गर्ने लागेको हो । निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका… पुरा पढौ

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५००ले बढेर रु. ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु. ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २५५ कायम भएको… पुरा पढौ

अन्र्तराष्ट्रिय उसु खेलाडी तथा मेडलिष्ट झरना गुरुङद्वारा खेल सामग्री वितरण

पोखरा, माघ १९ अन्र्तराष्ट्रिय उसु खेलाडी तथा मेडलिष्ट झरना गुरुङले आफ्नो गृह गाउँमा खेल सामग्री वितरण गरेकी छन् । दक्षिण एसियाली खेलकुदमा रजत पदक बिजेता तथा अन्र्तराष्ट्रिय उसु खेलाडी झरनाले आफ्नो जन्मस्थल माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ कुदी, छ्हरा,ल्वाङघलेललगायतका क्षेत्रका खेल संस्थाहरुलाई खेल सामग्री वितरण गरेकी हुन् । प्रमुख अतिथिका रुपमा उपस्थित खेलाडी झरनाले इन्द्रेणी युवा क्लब,ईदिखोला, लालुपाते युवा क्लब,खोरामुख, फेरी भेटौंला युवा क्लब,साखु,नयापुल, सूर्योदय युवा क्लब,ठाटी, ग्रीनहिल क्लब,ल्वाङ, निश्चल झरना युवा क्लब,लुम्रे, बौद्ध सृजना युवा क्लब,घलेल, लालीगुरास युवा क्लब,कालीमाटीलगायतका… पुरा पढौ

पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन

गण्डकी, १९ माघ (रासस) ःपछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभाव विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत १०, ५ किमि र अपाङ्ग तर्फको दौड चैत्र १२ मा हुने

पोखरा । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १०, ५ र अपाङ्गतर्फका सम्पूर्ण दौड २०७८ चैत्र १२ गते हुने भएका छन् ।पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको सम्पन्न बैठकले कोभिड १९ लाई मध्यनजर गर्दै प्रतियोगितालाई दुई भागमा गरी सम्पन्न गर्ने निर्णय गरेको हो । मञ्चले फागनु ७ गते शनिवार खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमिलाई यथावत सञ्चालन हुने र अन्य इभेन्टहरुलाई चैत्र १२ गते गर्ने गरी निर्णय गरेको जनाएको छ ।… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२… पुरा पढौ

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो । खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको उल्लेख गर्दै यही माघ ६ र गत पुस ३० गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग रिट… पुरा पढौ

मंगलबार गण्डकीमा थप ४३५ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९५६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २४३ जना, तनहुँका २६ जना, गोरखाका सात जना लमजुङका २८ जना र नवलपुरका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ५७ जना, पर्वतका पाँच जना, बाग्लुङका २८ जना, म्याग्दीका… पुरा पढौ

लाहुरे बन्न छाडेर फुटबलर बनेका राजाबाबुको राष्ट्रिय टिमबाट खेल्ने धोको

पोखरा, माघ १७ स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो । त्यसमा पनि वालिङ भलिबलको उर्वर भूमि हो । तर ‘ढुंगाको काप फोरेरपनि, उम्रन्छ पिपल’भनेजस्तै स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वर भूमिबाट फुटबलमा उदाएका तारा हुन् । सानैदेखि फुटबलमा रुची राख्ने राजाबाबुका साथीहरु भने भलिबल खेल्थे । साथीहरु मात्र होईन, पुरै गाउँ नै भलिबलमय थियो । उनीपनि कहिलेकांही भलिबल खेल्थे । तर उनलाई भलिबलमा भन्दा फुटबलमा रुची थियो । घरमा लाहुरे बाजे थिए । बुबा सानैमा बिते । आमाको रेखदेख… पुरा पढौ