देश

मिलको फित्ता चुँडिएर बेरिदा एकको मृत्यू

मिलको फित्ता चुँडिएर बेरिदा तनहुँमा एक जनाको मृत्यू भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ स्थित न्यू श्रेष्ठ ब्लक उद्योगको मिलको फित्ता चुँडिएर बेरिदा सोहि मिलमा काम गर्ने कञ्चनपुर बेलौरिया ९ स्थायी घर भएका २१ वर्षिय केशव चौधरीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मिलको फित्ता चुँडिएर बेर्दा चौधरी घाईते भएका थिए । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा ल्याइएपनि उपचारको क्रममा मृत्यू भएको प्रहरीको बुलेटिनमा उल्लेख छ । घटनाबारे थप… पुरा पढौ

नुहाउन गएका देवीरामलाई खोलाले बगायो

नुहाउन गएका भरतपुरका देबीराम आचार्यलाई खोलाले बगाउँदा मृत्यू भएको छ । नवलपरासी पूर्व (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर स्थित नारायणी नदीमा नुहाउन गएका भरतपुर नगरपालिका वडा नम्बर ११ का आचार्यको नदीले बगाएर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गर्मी छल्न भनेर खोलामा नुहाउन गएका बेला भेलले बगाएर उनको मृत्यू भएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भईरहेको जनाइएको छ । पुरा पढौ

चेतन कार्कीको स्मृतिमा प्रतिष्ठान स्थापना

नेपाली साहित्य, संस्कृति तथा चलचित्रकर्ममा जीवनपर्यन्त क्रियाशील स्रष्टा चेतन कार्कीको स्मृतिमा प्रतिष्ठानको स्थापना गरिएको छ। चेतन कार्की प्रतिष्ठानको प्रमुख संरक्षकमा स्व. कार्कीकी पत्नी गंगा कार्की रहने गरी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो। साहित्यकार एवम् चलचित्रकर्मीहरूको सोमबार बसेको एक भेलाले प्रतिष्ठानको उपाध्यक्षमा चलचित्रकर्मी मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्कीलाई छन्। समितिका सदस्यहरूमा राधेश्याम लेकाली, रवीन्द्र खड्का र दिव्य गिरीलाई छन्। वि.सं.१९९५ मा बहाँटारी, थुम, स्याङ्जामा… पुरा पढौ

अब,भौतिक उपस्थितिमै स्कूल कलेजहरु खुल्दै

अब, भौतिक उपस्थितिमै नेपालका विद्यालय तथा कलेजहरुमा पठनपाठन सुचारु हुने भएको छ। नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँहरुमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुचारु ग्र्न लागेको हो। कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि… पुरा पढौ

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित

काठमाण्डौं । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम आज सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसअघि कांग्रेसले यही भदौ १० गते ३८ जिल्ला,… पुरा पढौ

छानबिन समितिले दार्चुला घटनाको प्रतिवेदन बुझायो

काठमाण्डौं । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगतरूपमा पुगेर… पुरा पढौ

दोहोरी साँझ सञ्चालन गर्न दिन माग गर्दै व्यवसायीले प्रजिअलाई बुझाए चाबी

रात्रीकालिन ब्यवशाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट ब्यवशायीहरुले कास्की प्रशासनलाई चाबी बुझाएका छन । कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवशाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्द्र व्यवशायीहरुले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट ब्यवशायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन ब्यवशाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ… पुरा पढौ

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न जिफन्ट गण्डकीको माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षायोजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दैै पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ । जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुबै संघलाई ध्यानाकर्षण पत्र बुझाएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने बताइन् । उनले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा… पुरा पढौ

पोखरा महानगरपालिकामा नियम मिचेर बढुवा गरिएको भन्दै कांग्रेस वडाध्यक्षहरुद्वारा विरोध

पोखरा महानगरपालिकाले नियम मिचेर एक जना अ.स.ई प्रहरीलाई एकाएक स.ई.मा बढुवा गरेकोप्रति आपत्ती जनाइएको छ ।नेपाली काँग्रेस पोखरा महानगरपालिका दलको नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी त्यस्तो गतिविधिप्रति आपत्ती जनाउनु भएको हो । नगर प्रहरीमा स.ई. पद प्रतिस्पर्धा बिना बढुवा गर्न नमिल्ने, पदपूर्ति समितिको सिफारिस नगरेको र करार गर्ने उमेर हद समेत नाघेकालाई बढुवा गरिएको भन्दै आपत्ती जनाइएको छ । नगर प्रमुख सिकिस्त बिरामी भै काठमाण्डौं उपचारमा रहेको बेला प्रचलित प्रशासनीक मूल्यमान्यता, विधिपद्वति विपरीत शंकास्पद आर्थिक प्रलोभनमा परी… पुरा पढौ

मावध समूहका समानान्तर जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य कमलबहादुर श्रेष्ठ एमालेमै रहने

तत्कालीन नेकपा एमालेको समानान्तर जिल्ला कमिटी कास्कीका सदस्य कमलबहादुर श्रेष्ठ एमालेमै रहने भएका छन् । श्रेष्ठले सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमार्फत आफू एमालेमै रहेको घोषणा गरेका हुन् । श्रेष्ठले अनेरास्ववियू कास्कीका सचिव, पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य, नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य तथा सांस्कृति मोर्चाका विभिन्न पदहरुमा काम गरिसकेका छन् । श्रेष्ठले एमालेको पार्टी जीवनलाई थप लोकतान्त्रिकरण गर्न दवाब दिने उद्धेश्यले मात्र समानान्तर कमिटीमा बसेको तर हाल विवादको हल १० बुँदे सहमतिले गरिसकेकोले फेरीपनि समानान्तर कमिटीमा संलग्न हुनु र पार्टी… पुरा पढौ