देश

मनोहर कप भलिबल प्रतियोगिता सुरु

पोखरापोखरा–१४ मनकामना टोलको खेल मैदानमा मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे ।उद्घाटन गर्दै मन्त्री थापाले एकआपसमा सौहर्दता वृद्धि गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि आफुले मन्त्रालयकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।प्रतियोगिताअन्तर्गत पहिलो दिन आयोजक मनोहर युवा क्लब ‘ए’ र  पोखरा युनाइटेढ अर्काे चरणमा प्रवेश गरेका छन् । आयोजक… पुरा पढौ

रतनपाण्डे माविमा पहिलो महिला प्रधानाध्यापक

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका १३ आर्वामा रहेको रतनपाण्डे माविले पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ । विद्यालय स्थापना भएको ६८ वर्षको ईतिहासमा पहिलो पटक शिक्षक संगीता पोखरेल प्रधानाध्यापक नियुक्त भएकी छिन् । पोखरेललाई केही दिन अघि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ नियुक्त गर्ने निर्णय गरेको थियो ।पोखरा महानगर शिक्षा महाशाखाबाट औपचारिक रुपमा प्रअ नियुक्तिको पत्र प्राप्त भएपछि मंगलबार पदस्थापन गरिएको अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । यसअघि राहत करारका विष्णुप्रसाद दाहाललाई प्रअ नियुक्त गरेपछि चौतर्फी आलोचना खेपेको विद्यालयले निमावि… पुरा पढौ

प्रजातन्त्रका सेनानी पालिखे रहेनन्

प्रजातन्त्रका सेनानी कर्णशंकर पालिखेको निधन भएको छ । पोखरा ज्ञानमार्ग निवासी पालिखेको ९६ बर्षको उमेरमा बुधवार बिहान निधन भएको हो । २००७ सालका प्रजातान्त्रिक योद्धा पालिखेले जीवनको अन्तिम समयसम्म पनि पोखराको शैक्षिक तथा सामाजिक सेवाका काममा निरन्तर योगदान दिदै आएका थिए । उनको पार्थिक शरिरलाई आजै पोखरा रामघाटमा अन्त्येष्टी गरिएको पारिवारिक स्रो्तले जानकारी दिए ।उनको पार्थिव शरिरमा छोराहरु नरेशशंकर र दिनेशशंकरले दागबत्ती दिएका थिए । अन्त्येष्टि अघि निवासबाट शुरु भएको शवयात्रामा सहभागी पोखरेलीले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय पालिखेको योगदानको… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन: उपसभापतिमा ४ जना आकांक्षी, संस्थापन पक्ष कारवार्हीको तयारीमा

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा विभिन्न पदका लागि नेताहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार सभापतिमा महामन्त्री गगन थापाको मात्रै एकल उम्मेद्वारी परेको छ । नेता महेश आचार्य र सहमहामन्त्री फरमुल्लाह मन्सुरले उपसभापति पदको उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्री पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेको उम्मेद्वारी परेको हो ।स्रोतका अनुसार जगदिश्वर नरसिंह केसीले पनि महामन्त्रीमा दावी गरेका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् । नेतृ… पुरा पढौ

गृहमन्त्री अर्याल भन्छन्–‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए । उनले भने,“ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला । ”निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलार्ई आग्रह गर्र्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरे । प्रचलित कानुनविपरीत गर्नेलाई कारबाही हुने चेतावनी पनि उनले… पुरा पढौ

स्वजागरण अभियान प्रयोगात्मक जीवन पद्धति हो: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पनि उपस्थिति रहेको कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य… पुरा पढौ

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन हुन नसक्दा अस्पताल निर्माणको योजना कार्यान्वयनमा आउन नसकेको बताए । प्रदेशको गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विशिष्टीकृत अस्पताल निर्माणका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन र महामन्त्रीमा प्रदीप र गुरुको उम्मेदवारी

नेपाली कांग्रेस विशेष महाधवेशन पक्षधरको भृकृटीमण्डपमा जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ । सभापति पदका लागि मंगलबार ४ जनाले मनोनयन पत्र लगेकोमा एक जनाको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म सभापति पदमा गगन थापाको मात्रै उमेदवारी परेको छ । स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् । गुरु घिमिरे र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन्… पुरा पढौ

कांग्रेसभित्रको एकता जोगाउन सभापति देउवा लचक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । सभापति देउवाले महामन्त्रीद्वय थापा… पुरा पढौ

फागुन २१ को चुनाव गर्नु नै सरकारको प्रमुख म्याण्डेट हो : मन्त्री श्रेष्ठ

सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले आगामी फागुन २१ गते निर्वाचन गर्नु नै वर्तमान सरकारको प्रमुख म्याण्डेट भएको बताएकी छन् । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख म्याण्डेट भनेको फागुन २१ को चुनाव सक्सेसफूल रुपमा अर्गनाईज गर्नु हो ।’ त्यहि भएर सरकारले फागुन २१ को निर्वाचनलाई प्राथमिकताको केन्द्रमा राखेर काम गरिरहेको उनले प्रष्ट्याईन् । मन्त्री श्रेष्ठले… पुरा पढौ