देश

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका हुन् । निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । “पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका… पुरा पढौ

आयोगको निर्णय विरुद्ध कांग्रेस संस्थापन पक्ष आइतबार सर्वोच्च जाने

शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकपछि प्रवक्ता महतले आफूहरू आइतबार सर्वोच्च जाने जानकारी दिए । “निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी… पुरा पढौ

क्वेस्ट नेपालको १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन सम्पन्न

१९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन सम्पन्न भएको छ । पोखराको सेन्ट मेरिजमा पुष ३० देखि माघ २ गते सम्म आयोजित विद्यार्थी गुणीय चक्र सम्मेलनको समापन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महानगरका विद्यालयहरुमा लागू गर्न आफू तत्पर रहेको बताए । शिक्षा क्षेत्रमा सरकारको कतिपय कुराहरु नमिल्ने, पाठ्यक्रम बनाउने सन्दर्भमा होस् वा शिक्षकहरु समेत पुस्तक बिना कक्षाकोठामा नजाने… पुरा पढौ

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताए । “पोखरा जानुपरेको भए रु एक लाखभन्दा बढी खर्च हुने रहेछ”, उनले भनिन्, “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड… पुरा पढौ

गण्डकीका ३ जिल्लामा निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ । यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ । समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गरे । प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्दै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएकोमा चिन्ता व्यक्त… पुरा पढौ

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज भरतपुरमा उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।” राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह… पुरा पढौ

पोखरामा अन्तरविद्यालय टि-१० क्रिकेट प्रतियोगिता हुने, १४ टिमबीच प्रतिष्पर्धा

पोखरा माघ २ पोखरामा दश जोड दुई (+२) स्तरीय अन्तरविद्यालय टि-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ पोखरा सेन्ट्रलको आयोजनामा यहि माघ ४ गतेदेखि ८ गतेसम्म पोखरा महानगर स्तरीय अन्तरविद्यालय एलिट ट्रफी टि-१० क्रिकेट प्रतियोगिता हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पावरहाउस क्लासर्स र पोखरा फिनिक्स क्रिकेट क्लबसँगको सहकार्यमा पोखरा-५ मालेपाटन खेल मैदानमा हुने प्रतियोगितामा १४ टिम सहभागी हुने प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद ३२५ एम नेपाल एमका विभागीय अध्यक्ष सुन्दर कार्कीले… पुरा पढौ

पोखरामा बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा ओशो मेगा क्याम्प हुने

सन्देश श्रेष्ठपोखरा, माघ २ पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो । एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी… पुरा पढौ

कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्षले दियो निर्वाचन आयोगमा निवेदन

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न संस्थापन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेर कागजात बुझाएको छ । ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाणसहित सो पक्षले निवेदन दिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरे । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरे । कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका… पुरा पढौ