देश

रास्वपाले ४० निर्वाचन क्षेत्रमा जिम्मेवारी तोक्दा, गण्डकीमा को को ?

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए । बैठकले गरेको निर्णय गण्डकी प्रदेशमा प्रत्यक्ष चुनाव नजितेका ३ जिल्लाका ३ क्षेत्रमा पनि समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकिएको छ । जसमा म्याग्दीमा गंगा छन्त्याल, मनाङमा एलिजा गुरुङ र… पुरा पढौ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल… पुरा पढौ

बेल्टार बजारमा आगलागी, दुई जनाको मृत्यु

उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता… पुरा पढौ

तनहुँको मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् । उनले भने, “यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक… पुरा पढौ

पर्वतको गण्डकी गोपाल गौशालामा पूर्वाधार थप

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन् । गाउँपालिका र सङ्घीय सरकारको ५० /५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/ ८१ मा विनियोजित रु एक करोड २५ लाख ८५ हजार २३२ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए । आव २०८१ /८२ मा सङ्घीय… पुरा पढौ

शेयरमा लगानी गर्नु अपराध होईन्: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पारेका छन् । आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताए । मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्पष्ट छ ।” स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् । संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे ।… पुरा पढौ

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको… पुरा पढौ

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई… पुरा पढौ

यसरी फेरिदैछ कास्कीको रुपा तालको रुप

अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए ।… पुरा पढौ