देश

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान,शिक्षा÷साहित्य सेवा सम्मान प्राज्ञ कोइरालालाई

नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई कार्यक्रमका… पुरा पढौ

चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन पनि घट्यो

हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् । हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे । यही पुस २८ गतेसम्म आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि… पुरा पढौ

मापदण्डविपरीतका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताए । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उनले भने, “पोखरा महानगरपालिका–१०… पुरा पढौ

‘इन्डियन आइडल–३’ का विजेता प्रशान्त तामाङको निधन

चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।भारतीय मूलका नेपालीभाषी उनी इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायतका चर्चित नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए भने पार्श्व गायनमा पनि सक्रिय… पुरा पढौ

कर्णाली सम्पर्क एवम् विकास समाज पोखराको अध्यक्षमा जसबहादुर

पोखरा, पुस २७ कर्णाली सम्पर्क एवम् विकास समाज पोखराको अध्यक्षमा जसबहादुर बुढा चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न चौथो अधिवेशनले उनको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने, महासचिव चन्द्रप्रसाद पाण्डे, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्ष नवराज उपाध्याय र सहकोषाध्यक्ष गंगाप्रसाद न्यौपाने चयन भए । यसैगरी सदस्यहरुमा राजेन्द्र लामा, विरेन्द्र आचार्य, मेगा सन्ज्याल र रणबहादुर शाही ९सिद्धान्त० र पुष्पराज उपाध्याय चयन भएका छन् ।यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष… पुरा पढौ

पोखरा बहुमुखी प्राध्यापक संघको बधाइ तथा शुभकामना

पोखरा, २७ पुस पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ संचालन समितिका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना सम्पन्न गरेको छ । शुक्रबार क्याम्पसमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले नवनिर्वाचित संचालन समतिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेको हो । केहि दिन अघि क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शिक्षासेवि शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । यसैबिच उक्त कार्यक्रममा बोल्दै क्याम्पसका पुर्व सल्लाहकार प्रा।डा। दिलबहादुर क्षेत्रीले क्याम्पसले अडिग… पुरा पढौ

विन्ध्यवासिनीमा ३६ युनिट रगत संकलन

पोखराको बाटुलेचौरमा आयोजित रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको पुर्व सन्ध्यामा विद्यालयले आज आयोजना गरेको छैटौं संस्करणको कार्यक्रमबाट ३६ युनिट रगत संकलन भएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापाले पहिलो रक्तदाता रामबहादुर बानियाँलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।बानियाँले ५८ औं पटक रक्तदान गरेका हुन् ।प्रमुख अतिथी थापाले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्दा शरिर स्वस्थ हुने बताउँदै,… पुरा पढौ

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराए । उनले भने, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो… पुरा पढौ

नवआदर्श सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न

शिशिर उजाडपोखरा पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए। उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भुमिका उल्लेखनीय रहेको बताए। पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रका विकास निर्माणका काममा स्थानीय संघ संस्थासंग सहकार्य गरी अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए ।उनले… पुरा पढौ