पोखरा, २५ पुस गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग…
पुरा पढौ