देश

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न, बसलाई सडकमा पार्किङ गर्न रोक लगाईने

पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकले भोग्नु परेको सास्तीका बिषयमा छलफल भएको छ । पर्यटकीय क्षेत्रमा देखिएको समस्यालाई समाधानका लागि आज विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको हो । स्थानीय निकाय, सुरक्षा निकाय र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई पार्किङ गर्न रोक लगाईने भएको छ । ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए… पुरा पढौ

वालिङ–हुवास सडक कालोपत्र हुँदै

दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ । विसं २०४९ मा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको सडक कालोपत्र गर्न थालिएको हो । वालिङ–हुवास सडकखण्डकोे पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्र विछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजित रु चार करोड बजेटबाट कालोपत्र गर्न थालिएको कार्यालयले जनाएको छ । छ मिटर चौडाइमा कालोपत्र गरिएको छ । पर्वत… पुरा पढौ

बागलुङमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन

अघिल्लो वर्षसम्म बागलुङको भलकोट र बुढाथोक गाउँमा खानेपानीको समस्या थियो । एउटा धाराबाट १० घर परिवारले पानी भर्नुपर्ने बाध्यता थियो । तर अहिले हरेकको घरमा धारा बनेका छन् । घरै छेउको धारामा पानी आउन थालेपछि स्थानीय दङ्ग छन् । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने यस गाउँमा एक घर, एक धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको छ । पहिले एक गाग्री पानी भर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । भल्कोट र बुढाथोक गाउँका करिब १०० घरमा एक घर,… पुरा पढौ

फागुन २१ को निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरको नवनिर्मित भवनको आज आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए । जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनले बताए । “लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक… पुरा पढौ

चेतना कृषक महिला समूहद्वारा सिद्ध मा.वि.मा अक्षयकोषमा रकम हस्तान्तरण

पोखरा–१५ स्थित चेतना कृषक महिला समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्ध माध्यमिक विद्यालयलाई अक्षयकोष स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ (रु. २५,५५५) हस्तान्तरण गरेको छ। एक कार्यक्रमका बीच प्रदान गरिएको उक्त अक्षयकोष विद्यालयमा अध्ययनरत विपन्न तथा जोखिम समूहका बालबालिकाको शैक्षिक सहयोग तथा विद्यालयको समग्र शैक्षिक सुधारका उद्देश्यले स्थापना गरिएको हो। कार्यक्रममार्फत अक्षयकोष हस्तान्तरण गर्दै चेतना कृषक महिला समूहकी अध्यक्ष पवित्रा थापासहित समूहका सदस्यहरूले विद्यालयको शैक्षिक उन्नयन, छात्रवृत्ति कार्यक्रम तथा शैक्षिक सामग्री वितरणजस्ता क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। विद्यालय… पुरा पढौ

रूपा गाउँपालिका–६ मोहोरियास्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न

रूपा गाउँपालिका–६ मोहोरियास्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै धान्य तथा मंसिर पूर्णिमाको अवसर पारेर विशेष समारोहका बीच मन्दिरको उद्घाटन गरिएको छ। कौशिला देवी पुनःनिर्माण समितिका अध्यक्ष गेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी क्याप्टेन चन्द्रजंग गुरुङले रिबन काटी मन्दिरको औपचारिक उद्घाटन गरे। कार्यक्रमका विशेष अतिथि यूके निवासी तथा मन्दिरका पूर्व पुजारी रुद्र घोताने रहेका थिए। समितिका कोषाध्यक्ष होट बहादुर गुरुङका अनुसार देश–विदेशमा रहेका मोहोरिया गाउँका स्थायी बासिन्दा तथा चेली–बेटीबाट संकलित रकममार्फत कौशिला देवी र भयार थान… पुरा पढौ

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए… पुरा पढौ

स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस आज

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत… पुरा पढौ

नेपाली समाज टेक्सासमा शान्त गिरीको महिला उपाध्यक्षमा उम्मेद्वारी

नेपाली समाज टेक्सासमा आगामी २०२६÷२७ का लागि नेतृत्व चयनको लागि उम्मेद्वारी दिनेको पनि चर्चा शुरु भएको छ । महिला उपाध्यक्ष पदकी उम्मेदवारका रूपमा प्रस्तुतः भएकी शान्त गिरीको चर्चा चलेको छ । धेरै सघर्षबाट उदाएकी गिरीको उम्मेद्वारीले झनै आकर्षणको थपेको छ । बहुआयामिक व्यक्तित्व, दीर्घ अनुभव, निरन्तर समाजसेवा, दृढ प्रतिबद्धता र संवेदनशील नेतृत्वदायी क्षमताका कारण उनको चर्चा चुलिएको हो । सक्षम नेतृत्व र समावेसी तथा एकताबद्ध समाज निर्माणमा उमेदवार प्रस्तुतः गरेकीे गिरी बागलुङमा जन्मेर पोखरामा लामो समय सघर्ष गर्दै हाल अमेरीकामा… पुरा पढौ

कालीगण्डकी नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो । आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट… पुरा पढौ