देश

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्षको अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समुदायले मनाउने विभिन्न… पुरा पढौ

आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीका र जमरा ग्रहण गरेर मनाईदै

नेपालीको महान चाड बडादशैको आज मुख्य दिन अर्थात बिजयादशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाईदैछ । घटस्थापनाको दिनदेखि शुरु भएको दशैंको मुख्य दिन आफू भन्दा ठूला बडाको हातबाट टीका, जमरासहित आशिष लिने चलन रहिआएको छ ।यसअघिका दशैंहरुमा घर परिवारबाहेक अन्य आफन्तकोमा पनि टीका लगाउन जाने गरिन्थ्यो । तर विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण उत्पन्न विषम परिस्थितिका कारण सरकार र प्रशासनले घर परिवारमा मात्र दशैं सिमित गर्न आग्रह गरेको छ । उसो त सरकार र… पुरा पढौ

दशैंको टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

नेपालीको महान चाड बडादशैंको मुख्य दिन आज बिजयादशमीको अवसरमा लगाईने टीकाको उत्तम साईत १० बजेर १९ मिनेट रहेको छ । टीकाको उत्तम साईत आज पूर्वाह्न १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ ।आज पूर्वाह्न १० बजेर ११ मिनेटमा देवी विसर्जनको उत्तम साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि पूर्वाह्न १०ः१९ मा उत्तम साईत रहेपनि त्यसपछिको अन्य समयमापनि टीका लगाउन मिल्ने प्रा.डा.गौतमले बताए । “आर्यावर्त क्षेत्रका… पुरा पढौ

मन्तव्य व्यक्त गर्दै मन्त्री भट्ट

कैलालीको चुरे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट । तस्वीर ः मीन ठकुरी, रासस पुरा पढौ

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक… पुरा पढौ

मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसहित उनको परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । मुख्य न्यायाधीवक्ता घिमिरेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू, पत्नी अर्जना र आमा मालिकादेवी घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । न्यायाधीवक्ता घिमिरेले अहिले आफूहरुको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । पुरा पढौ

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । रासस पुरा पढौ

पोखरेली नागरिक अगुवाहरुले भने : सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले राष्ट्रवादलाई नै बलि चढाए

पोखरेली नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि राष्ट्रवादलाई नै बलि चढाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा बिपरित भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्दै पोखरेली नागरिक अगुवाहरुले यो भेट सत्ता स्वार्थका लागि राष्ट्रवादलाई बलि चढाउने हर्कत भएको भन्दै निन्दा गरेका छन् । नागरिक समाज पोखराका अध्यक्ष ईन्द्रकमल मानन्धर, पूर्व अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेल, विष्णहरि अधिकारी, बरिष्ठ अधिवक्ता तीलक पराजुली र शशी तुलाचनले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै ओलीको ‘रअ’… पुरा पढौ

गुणकारी जमरा : जसको प्रयोगले हुन्छ फाईदैफाईदा

नेपालीको महान चाड दशैँमा जमरा र टीका प्रयोग गरिन्छ । टीका त हामी जहिले र जतिबेलापनि प्रयोग गरिरहेकै हो । तर दशैंमा प्रयोग गरिने जमराको भने विशेष महत्व छ । जौ र गहुँ छरेर उमारिएको जमरा अनि टीकाले दशैँलाई उमंगमय बनाई दिन्छ । हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा मानिन्छ । जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुन्छ, त्यसैले जौको महत्व जोगाइराख्नका लागि पूजाअर्चनामा प्रयोग गर्ने शीरमा सजाउने गरिएको हुनसक्ने अनुमान गरिन्छ । जमरा शब्द संस्कृतबाट आएको आयातित शब्द… पुरा पढौ

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उहाँका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् । क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान… पुरा पढौ