देश

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।रासस पुरा पढौ

कारको ठक्करबाट वृद्धको मृत्यु

पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं। २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो ।पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले… पुरा पढौ

रेडक्रस कास्कीका महामन्त्री अधिकारीलाई कोरोना संक्रमण

नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री धर्मराज अधिकारीलाई कोरोना संक्रमण भएको छ । पुराना यातायात व्यवसायीसमेत रहेका रेडक्रस कास्कीका महामन्त्री अधिकारीले आफूलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको एभरेस्ट आवाजलाई जानकारी दिए । ‘रेडक्रसका कर्मचारी तथा चालकहरुलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर टेस्टका लागि स्वाब दिएको थिएँ, मेरोपनि पोजटिभ देखियो’–उनले भने । अधिकारीले आफूलाई कुनैपनि लक्षण नरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । अहिले आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई शतर्कता अप्नाउन आग्र गरेका छन्… पुरा पढौ

कारको ठक्करबाट वृद्धको मृत्यु

पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी… पुरा पढौ

घाइतेको उपचारमा जुट्यो रु ३ लाख

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु… पुरा पढौ

क्षेत्री समाजका अध्यक्ष प्रा.डा.क्षेत्रीलाई कोरोना

क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्री कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टी भएको क्षेत्री समाज नेपालका महासचिव केशबहादुर केसीले जानकारी दिएका हुन् । ईतिहासकारसमेत रहेका अध्यक्ष प्रा.डा.क्षेत्री हाल होम आइसोलसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्ण थापाले जानकारी दिए । उनले अध्यक्ष प्रा.डा.क्षेत्रीसँग केहि दिन यता सम्पर्कमा रहेकाहरुलाई विशेष सतर्कता अप्नाउनसमेत आग्रह गरे । पुरा पढौ

लिम्पीयाधुरा, लिपुलेक र कालापानी मुद्धा नसुल्झिदै भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने तयारी

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गर्ने भएका छन् । उनले यहि कात्तिक १९ गतेदेखि २१ गतेसम्म ३ दिने नेपाल भ्रमण गर्न लागेको नेपाली सेनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनाएको हो । नेपाल भ्रमणका बेला भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिईने भएको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ । नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद रहेका बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमण गर्न… पुरा पढौ

दशैंपछि नेपालमा संक्रमण बढ्छ ? के भन्छन् विज्ञ ?

नेपालीको महान चाड बडादशैं सम्पन्न हुने क्रममा रहेको छ । दशैंमा सबैभन्दा धेरी आवतजावत र घुलमिल हुनु स्वाभाविक हो । योबेला धेरैले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्ने अनुमान गरेका थिए । तर यहिबेला अस्पतालहरुले कोरोना जाँच गर्ने पिसीआर परिक्षण घटायो । जसका कारण संक्रमण बढेको देखिएन, बरु घटेको देखियो । परिक्षणको दायरा नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक नै हो । तर अब बुधबारदेखि पुनः अस्पतालका ल्यावहरुले परिक्षणको दायरा बढाउँदैछन् । जसका कारण संक्रमितको संख्या बढ्नसक्ने… पुरा पढौ

‘सम्झिएर जिन्दगी’सार्वजनिक

चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ । म्युुजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ । आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र… पुरा पढौ

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस… पुरा पढौ