देश

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने बताउनुभयो ।बेलायती सेनाबाट सेवा निवृत्त भएपछि हाल… पुरा पढौ

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण… पुरा पढौ

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा

आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा चढाइन्छ । तस्वीर ः रोशन सापकोटा, रासस पुरा पढौ

समाचार प्रभावः बोटे समुदायलाई दशैँ राहत

माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजीकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । यही कात्तिक ६ गते राससमा ‘दशैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आज बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन कार्यालय लमजुङले दशैँको राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हो ।प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एकएक पोका नुन र एक पोका सोयाबिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हस्तान्तरण गर्नुभयो ।… पुरा पढौ

आमाको हत्या

घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।रासस पुरा पढौ

प्रम ओली र ‘रअ’बीचको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी : यस्तो भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्नसक्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्न सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा आईतबार विहान लामो स्टाटस लेख्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्,‘बिदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीत प्रधानमन्त्रीको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय… पुरा पढौ

विदेशमा थप एक नेपालीको निधन

विश्वव्यापी महामारी कोभिड–१९० संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म… पुरा पढौ

खोनेपानी योजनाको उद्घाटन

खोनेपानी योजनाको उद्घाटन गर्दै नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र विष्ट । २० बर्षदेखि खानेपानीको अभाव झेल्दै आइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ४ मम्मेका १५० घरपरिवारमा घर आँगनमै खानेपानीको धारा पुगेपछि खुसी मनाउन थालेका छन् । तस्वीर ः भूपेन्द्र सिं बिष्ट, रासस पुरा पढौ

किनमेल गर्दै स्थानीय ग्राहक

महान चाड दशैं, तिहार तथा छठ पर्व नजिकिएसंगै धनगढीको चौराहास्थित पसलमा दैनिक प्रयोगका सामाग्री किनमेल गर्दै स्थानीय ग्राहक । धनगढीमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि बजारका पसलहरुमा सामान खरिदका लागि आउने ग्राहकहरुले खासै सावधानी अपनाएको देखिंदैन । तस्वीर ः तिलकराज ओझा, रासस पुरा पढौ

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो । उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ… पुरा पढौ