देश

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

कृष्ण न्यौपानेनेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् । सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी… पुरा पढौ

सीमा क्षेत्रमा बेहोशको उद्धार गरी आफन्तलाई जिम्मा

पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दशैंँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छाँैं ।”दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर… पुरा पढौ

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । रासस पुरा पढौ

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा… पुरा पढौ

दशँैको आठौँ दिन ः कुछी भ्वय् खाँदै नेवार समुदाय

कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दशैँको महाअष्टमीको अवसरमा आज साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । दशैँलाई नेवार समूदायले मोहनी नखःको रुपमा मनाउँछन ।… पुरा पढौ

बलात्कार प्रयासका अभियुक्त पक्राउ

बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मङ्गलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार नै स्वास्थ्य परीक्षण भएको छ ।प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा… पुरा पढौ

दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

पोखरा पन्थी गल्लीमा फेन्सीको होलसेल ब्यापार गर्ने जीवन सिग्देलले अघिल्लो वर्षका दशैं नजिकका दिनहरुमा दैनिक ३ लाख भन्दा बढीको ब्यापार गर्थे । प्रत्येक दिन विहान ७ बजेदेखि राती ८ बजेसम्म कपडा किन्नेको भीड हुन्थ्यो । त्यसबेला समान देखाउन र किनेका सामान प्याकिङ गर्न उनलाई भ्याईनभ्याई हुन्थ्यो । त्यहि भएर उनले दशैंको बेलामा थप काम गर्ने कामदार थप्थे । तर उनलाई यस वर्ष अघिल्ला वर्षका दिनहरुमा झैं भ्याईनभ्याई छैन । पसल त अघिल्ला वर्षहरुमा झैं विहानदेखि नै खोल्छन् । तर ग्राहक… पुरा पढौ

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो ।उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गर्नुभयो । “सङ्क्रमितको सङ्ख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा… पुरा पढौ

पाँच महिने शिशुसहित दुईको मृत्युु

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको… पुरा पढौ

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताउनुभयो । “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उहाँले भन्नुभयो, “कोरोनाबाट निको हुने दर… पुरा पढौ