देश

पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू, प्रदेशमा मृतकको संख्या ७५ पुग्यो

पोखरामा होम आइसोलेसनमा बसेका एक बृद्धको मृत्यू भएको छ । नोभल कोरोना भाईरसको संत्रमण भएर घरमै होम आइसोलेसनमा बसेका पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षिय पुरुषको शुक्रबार विहान मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १२ गते कोरोना पुष्टी भएको थियो ।यसैगरी, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नम्बर ५ का ७० बर्षीय महिलाको पनि कोरोनाले मृत्यू भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु.मा उपचाररत उनको उपचारकै क्रममा मृत्यू भएको… पुरा पढौ

दशैँका यात्रुलाई महामारीको त्रास ः उपत्यका भित्रिने र छाड्ने घटे

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताएका छन् । गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका… पुरा पढौ

सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ

जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उनले औषधि सेवन गर्दै आवासगृहमै आराम गरे। ज्वरो दिनप्रतिदिन बढ्दै गयो । ज्वरोका कारण उनलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे। बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा उहाँले पोखरा जाने सोच पनि बनाए तर ज्वरो भनेपछि हतपत सवारी साधन नै… पुरा पढौ

रोजगारीका लागि तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५… पुरा पढौ

सङक्रमण र मृत्युदर बढ्दो

भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र… पुरा पढौ

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) गत चैतको शुरुदेखि नेपाल भित्रियो । कोरोना भित्रिएसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो । लकडाउनसँगै उद्योग, कलकारखाना, ब्यापार, ब्यबसाय, यातायातलगायत सबै ठप्प भए । पर्यटन त झन् भन्नै परेन । पर्यटक बोलाएर उनीहरुलाई सेवा दिएर आम्दानी गर्नुपर्ने क्षेत्र पर्यटक नै नआएछि मारमा पर्ने नै भयो । यो समस्या १, २ वा ३ महिना होईन लगातार ८ महिना बितेको छ । गत असारताका सरकारले मौद्रिक नीति ल्याउँदा पर्यटन व्यवसायी बडो उत्साहित थिए… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी… पुरा पढौ

भोली प्रदेश २ मा सार्वजनिक बिदा

कार्तिक १३ जनकपुर । शुक्रबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइने भएको हो ।आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको… पुरा पढौ

हत्यारालाई राजनीतिक संरक्षण नगर्न अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले पर्सा हत्याकाण्डका हत्यारालाई राजनीतिक संरक्षण नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । सहसंयोजक तामाङले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा पर्सा जिल्ला कमिटी सदस्य तथा विन्ध्यबासिनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको अत्यन्त पासविक, बर्बर क्रुरतापूर्वक हत्या भएको भन्दै त्यसमा संलग्न अपराधीलाई राजनीतिक संरक्षण नगर्न चेतावनी दिएका हुन् । उनले दोषीलाई अविलम्व कानूनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् । सह-संयोजक तामाङले घटना भएको… पुरा पढौ

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

के तपाईंलाई आङ्नै सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्ने मन छ ? यदि तपाईंलाई मन छ भने अब तपाईंले चाहेजस्तै आङ सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्न पाउनु हुने भएको छ । किनकी कालीगण्डकीको खोंचमा पर्ने पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिवारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । ०७३ सालदेखी पुलको निर्माण शुरु गरेको प्रालिले कात्तिक… पुरा पढौ