देश

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याउनुभएको छ ।होम आइसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ… पुरा पढौ

फूलपाती बढाई समारोह

फूलपाती बढाई समारोहमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा राइफल पडकाएर बढाई गर्दै । तस्वीर ः प्रदीपराज वन्त, रासस पुरा पढौ

सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी

फूलपाती बढाई समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी साथमा उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर ः प्रदीपराज वन्त, रासस पुरा पढौ

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका… पुरा पढौ

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग

तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो । शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको… पुरा पढौ

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ ।मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।पौडेलको उपचार गंगालाल हृदयरोग… पुरा पढौ

धमाधम सडक कालोपत्र हुँदै

बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बागलुङ बजारका मुख्य चोक तथा गल्लीहरुमा सडक मर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको छ । यसैगरी बलेवा पुग्ने सडकमा समेत कालोपत्रको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्र गति पाएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकखण्डको कालोपत्रका लागि रु एक करोड विनियोजित… पुरा पढौ

कैदीबन्दीलाई आफन्तबाट टिका लगाउन रोक

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । कारागारका कैदीबन्दीले आ–आफँै टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफँै टीका… पुरा पढौ

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार

नेपाल कम्युनिष्ट पार्टी नेकपा को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले… पुरा पढौ

कोरोना संक्रमित मीन गुरुङको प्रश्न : के हाम्रो स्वाबको नतिजा हाम्रै नामको रिपोर्टमा आउला ?

विश्वब्यापी महामारीपको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को आफू संक्रमित भएको दशौं दिन कसैलाई वडाले त कसैले वडालाई समन्वय गरेर दोश्रो पिसिआर टेष्टको लागि हतार हतारमा कृषि तालिमकेन्द्र मालेपाटन पुगियो पूर्वाह्न ११ः०० बजेको समयमा । लाईन लामै थियो । बसियो चर्को घाममा कोरोनाको लक्षणले निकालेको पसिना भन्दा बढी पसिना चुहाउदै । केहि घण्टाको प्रतीक्षा पछि हाजिरी गरियो र पिसीआरको प्रतीक्षाको लाईन थियो, यत्रतत्र बसियो दुई सय बढिको भेलबाढी बीच । बस्दै गर्दा अर्ध चिनिएका( मास्कले) साथीहरुको उपस्थिती पनि बाक्लिदै… पुरा पढौ