देश

कास्कीका ७२ पालिकामा ३९ लाख बराबरको छात्रवृत्ति वितरण हुँदै

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ७२ वटामा छात्रवृत्ति रकम वितरण गर्ने भएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाका ५ पालिकाका ७२ वटामा गरी ३९ लाख रुपैयाँ बराबरको ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिने भएको हो । प्रतिष्ठान अध्यक्ष हरिप्रसाद पाण्डेले आफ्नो कर्म जिल्ला कास्कीको पोखरा महानगरपालिकासहित माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका सबै वडा समेट्ने गरी प्राविधिक विषय पढ्ने प्रतिविद्यार्थी ५० हजार रुपैयाँको छात्रवृत्ति वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार यसरी ७२ वडामा ५० हजार दरले ३६ लाख… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप एक सय २७ सङ्क्रमित

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या… पुरा पढौ

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री थापा

काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकोमा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने… पुरा पढौ

देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए । उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटः आजदेखि निवेदकको जवाफ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज (शुक्रबार)देखि रिट निवेदकले जवाफ दिने भएका छन्। कानून व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो। आज (शुक्रबार) रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन्। रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको… पुरा पढौ

आज सोनाम (ग्याल्पो) ल्होछार, सार्वजनिक विदा

आज माघ शुक्ल प्रतिपदा अर्थात सोनाम ल्होछार। यो दिन तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार। ‘ल्हो’ वर्ष अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ। अर्थात्, तामाङ जाती तथा समुदायको नयाँ वर्ष। तामाङ समुदायको आजको दिन पुरानो वर्षलाई विदा गरेर नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले यस दिनमा विविध कार्यक्रम गरी हर्साेल्लाससाथ सोनाम ल्होछार मनाउँछन्।आजको दिनलाई ग्याल्पो ल्होछार रुपमा पनि मनाइने गरिन्छ। शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ। हिमाली क्षेत्रको उच्च भूभाग तथा यसको आसपासमा भेगका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ देशका १५६ जना दौडिने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विहीबार पोखरामा पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा हुने गरेको प्रतियोगिता यस वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण चरणबद्ध रुपमा गर्ने तयारी गरिएको छ । जस अन्तर्गत पहिलो चरणमा फागुन १ गते शनिबार प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन… पुरा पढौ

चौतर्फी विरोधपछि नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । राज्यविरुद्धको कसुर गरेको आरोपमा आज दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई अविलम्ब रिहा गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । घरबाटै पक्राउ परेकी झाँक्रीलाई उनका श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरिएको महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिए । सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छन् । साथै उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष… पुरा पढौ

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रम ओली

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए ।सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज पहिलो पटक रु एक करोडभन्दा तलका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य… पुरा पढौ

दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

काठमाडौँ। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ । उनका अनुसार जिल्लास्थित सबै सरकारी… पुरा पढौ