देश

गण्डकी प्रदेशमा कोरोनाले १९ वर्षिया युवतीसहित २ को मृत्यू

गण्डकी प्रदेशमा कोरोनाले १९ वर्षिया युवतीको मृत्यू भएको छ । चितवनको भरतपुर अस्पतालको आईसियुमा उपचाररत गोरखा जिल्ला बारपाक सुलिकोट १ घर भएकी युवतीको उपचारका क्रममा बुधबार दिउँसो पौने ४ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी नवलपुर जिल्ला गैंडाकोट २ का ५४ वर्षिय कोरोना संक्रमित पुरुषको पनि मृत्यू भएको छ । उनकोपनि चितवन मेडकल कलेजको आईसियमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए… पुरा पढौ

गण्डकीमा बुधबार एकैदिन १५५ जनामा कोरोना पुष्टि

कार्तिक १२ पोखारा । बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज पुष्टि हुनेमध्य सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका ९८ जना छन् । यस्तै नवलपुरमा १६, तनहँुका १४, स्याङ्जाका १३, गोरखाका ११, बाग्लुङका २ र मुस्ताङका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो… पुरा पढौ

परीक्षण र उपचार निरन्तर निःशुल्क मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ ।दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताउनुभएको हो । कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उहाँले आग्रह गर्नुयो ।मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भन्नुभयो, “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका… पुरा पढौ

लागुऔषधसहित दुई युवक पक्राउ

सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो । दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका–३ स्थित सडकमा सशस्त्र प्रहरीले शङ्का लागि चेक गर्दा दुवै जना पक्राउ परेका हुन्… पुरा पढौ

द्वन्द्वपीडित महिलाले बनाउँदै गरेको नेपाली कागज अनुगमन

केराको थामबाट टीकापुर– ६ मा द्वन्द्वपीडित महिलाले बनाउँदै गरेको नेपाली कागज अनुगमन गर्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल । तस्बिर ः दुर्गा देवकोटा÷रासस पुरा पढौ

वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडान

वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।… पुरा पढौ

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ ।नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।रासस पुरा पढौ

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ देखि २०७६÷२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६÷२०७७ मा पाँच, २०७५÷२०७६ मा ६, २०७४÷२०७५ मा तीन, २०७३÷२०७४ दुई र २०७२÷२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक… पुरा पढौ

मुदी सडक सञ्जालमा जोडियो

म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहँुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताउनुभयो । “मुदीबाट मुना पुग्न अप्ठ््यारो भीर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपथ्र्यो,” उहाँले भन्नुभयो “गाडी चढेर बीस मिनेटमै पुगिन्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पु¥याउन सजिलो… पुरा पढौ

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो ।रासस पुरा पढौ