देश

अजिङ्गर भीरमा सडक निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै । अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ । तस्बिर ः कमल खत्री - रासस पुरा पढौ

पम्पमा तेल खन्याउन गएको ट्याङ्करमा आगलागी

काठमाडौं । पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ललितपुरमा एक ट्याङ्करमा आगलागी भएको छ । आइतबार साँझ ललितपुरको ग्वार्कोमा रहेको उज्वल पेट्रोल पम्पमा तेल खन्याउने क्रममा तेल बोकेको ट्याङ्करमा आगलागी भएको हो । तेल खन्याउन लागेको समयमा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा आगो लागेको थियो । आगलागीबाट मानविय क्षति नभएपनि पार्किङ गरेर राखिएका ४ वटा मोटरसाइकल जल्नुका साथै ट्यांकरमा पनि क्षति पुगेको जनाइएको छ । आगो दमकल तथा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

खास्तो खरिदका लागि छान्दै महिला

काठमाडौँको इन्द्रचोकमा न्यानो पार्ने ऊनी कपडा तथा खास्तोहरु खरिद गर्न छान्दै सर्वसाधारण । यहाँ रु २०० देखि रु. पाँच हजारसम्मका सामग्रीहरु उपलब्ध हुन्छ । तस्वीर ः रत्न श्रेष्ठ- रासस पुरा पढौ

दाना चोकर बिक्री

सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीले शेयर सदस्यलाई दानाचोकर बिक्री गर्दै । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सहकारीले नै दानाचोकरको व्यवस्था मिलाउँदै आएको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस पुरा पढौ

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका… पुरा पढौ

आन्दोलित उखु किसान

आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् । तस्वीर ः रोशन सापकोटा÷रासस पुरा पढौ

अखाद्य अमिलो नष्ट

यहाँ कृत्रिमरुपमा अमिलो (चुक) बनाउने काम बढ्दै गएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो । बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि… पुरा पढौ

पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा छरियो शतबीज

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर शनिबार भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा महादीपदान गरेका थिए । पशुपति क्षेत्रमा भने यस वर्ष महादीपदान गर्न निषेध गरिएको थियो । त्रयोदशीदेखि नै लाखौँ भक्तजन आउने पशुपति क्षेत्र कोरोना महामारीका कारण यस वर्ष शनिबार राति भने सुनसान प्राय देखिएको थियो । त्रयोदशीको राति बत्ती बाल्न निषेध गरिएको पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा आज शतबीज छर्न भने… पुरा पढौ

मुठ्ठीदानबाट बालोद्यान

कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आवद्ध उत्साही युवाको परिश्रमले सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना लगाएर युवाले बनाएका मनोरम उद्यानमा विभिन्न प्रकारका पूmल र अन्य बिरुवा रोपिएका छन् । विद्यालय, बन्दव्यापार र सामाजिक गतिविधिसमेत ठप्प भएका बेला रचनात्मक काम गर्ने लहडले सञ्जालआबद्ध युवाले गत जेठमा बालउद्यान निर्माण शुरुआत गरेका थिए । “हामीले त चाँडै सक्ने भनेर काम थालेका थियौँ ।… पुरा पढौ

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ । सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो । तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा छ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा… पुरा पढौ