देश

समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए । कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई नेकपा प्रवेश गराउन शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै देशलाई आर्थिक विकास र समृद्धिको नयाँ… पुरा पढौ

संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, बैठक स्थगित हुनसक्ने

काठमाडौँ । आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको बैठकमा देउवा सहभागी नहुने जानकारी परिषद्लाई गराइएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक परिषद्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको अह्वानमा आइतबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । कांग्रेस स्रोतका अनुसार यही मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राखेको कारण देउवाले सहयोगीमार्फत् त्यसअघि बस्ने… पुरा पढौ

न्याय नमरोस्, भूमिहीनले भूमि पाओस् : मन्त्री अर्याल

भूमि ब्यबस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई असार सम्ममा काम सक्न निर्देशन दिएकी छन् । पोखरामा शनिबार आयोजित ‘भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तहका पदाधिकारीबीच हुने समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्,‘तपाईंहरुको कार्य अवधी असारसम्म मात्र हो, यो सोह्रौं आयोग हो, अब सत्रौं आयोग बन्दैन, यहि आयोगले यो समस्याको समाधान गर्नुपर्छ । त्यतिञ्जेलसम्म कार्ययोजना बनाएर काम सक्नुस् ।’ मन्त्री अर्यालले आयोगलाई कुनैपनि कुराको अपुग हुन नदिने प्रतिबद्धता व्यक्त… पुरा पढौ

१३५९ निको हुँदा आठ सय ९९ संक्रमित थपिए

कठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या… पुरा पढौ

कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। नेता सिटौलालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबार स्वाब दिएका उनको पिसीआर रिपोर्ट पोजिटिभ आएको सिटौला स्वयम्ले शनिबार विहान सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका हुन् । सिटौलाले आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको र होम आईसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई साबधानी अप्नाउन आग्रह गरेका छन् । पुरा पढौ

गण्डकी प्रदेशमा कहिले खुल्ला विद्यालय ?

गण्डकी प्रदेशका आधा भन्दा बढी विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्न थालेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाका करीब ६० प्रतिशत विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेका हुन् । बाँकी ३५ प्रतिशत विद्यालयले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् भने ५ प्रतिशतले पढाई सञ्चालन गर्न नसकेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाले जनाएको छ । सुगम ठाउँका थोरै विद्यार्थी भएको स्कुलमा भौतिक उपस्थितिमै पढाई सञ्चालन शुरु गरेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै, धेरै विद्यार्थी भएका… पुरा पढौ

हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान… पुरा पढौ

अल्ट्रा धावक कार्की यसपटक पनि जनकपुरसम्म दौडदैछन्, सहयोगको चिन्ता

लामो दुरीका अल्ट्रा धावक धावक रामसुन्दर कार्कीले यस बर्ष पनि ललितपुरबाट दौडेर जनकपुर पुग्ने भएका छन्। २०६४ सालमा १ सय १ दिन लगाएर देशको ७५ जिल्लामा दौडेर छिचोलेका रामसुन्दरले यस बर्ष पुष १ गते ललितपुरबाट दौड सुरु गरेर पुष ३ गते जनकपुर पुग्ने योजना बनाएका छन् । विवाह पञ्चमीको अवसरमा गत बर्षदेखि जनकपुर दौडेर जान थालेका धावक कार्कीले गत बर्ष जनकपुरवासीको तर्फबाट न्यायो स्वागत पाएको बताए। यस बर्ष विवाह पञ्चमी पुष ४ गते परेको छ। हरेक दिन विहान ३ बजेदेखि… पुरा पढौ

साना योजनाका लागिपनि बजेटका लागि मुख ताक्नुपर्ने हो भने स्थानिय तहको काम छैन : सभापति कोइराला

गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना साना योजनामा पनि प्रदेशकै मुख ताक्ने हो भने स्थानीय तहको काम नहुने बताएका छन् । ठुलठुला योजना संघीय सरकार, मंझौला योजना प्रदेश सरकार तथा साना योजना स्थानीय सरकारले गर्नुपर्ने बताउदै उनले साना साना योजनालाई पनि गाउँपालिका ,नगरपालिका र महानगरहरुले प्रदेशलाई देखाउनुपर्ने बाध्यता हुनु विडम्वनापूर्ण भएको टिप्पणी गरे । हाम्रोमा इमान्दारिता हराउदै गएकोले यस्तो समस्या आएको उनको भनाई थियो । वडाले गर्ने काम वडाकै हो, वडाले नसके मात्र… पुरा पढौ

धार्मिक पर्यटनमा साझेदारी बढ्ने विश्वास

कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि ‘धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण’ उपलब्धिमूलक हुने देखिएको छ । नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड पोखराको सहकार्यमा सञ्चालित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न उपलब्धिमुलक हुने देखिएको हो । गत सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, चितवनको बाल्मिकी आश्रम, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण एवं सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने अपेक्षा… पुरा पढौ