देश

३३ औँ विश्व एड्स दिवस मनाइँदै

मंसिर १६ पोखरा । आज डिसेम्बर १, विभिन्न सचेतनामूलक कार्यक्रम गरि ३३ औं विश्व एड्स दिवस मनाइँदै छ । ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासहित आज विविध कार्यक्रम गरिँदै छ ।एक अध्ययनका अनुसार नेपालमा एचआईभी सार्ने मुख्य कारणमध्ये ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुने उल्लेख गरिएको छ । त्यसैगरि कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि… पुरा पढौ

कस्तो रहला आजको मौसम

मंसिर १६ पोखरा । मंगलबार बाग्मती र प्रदेश नं. १ का पहाडी भू–भागहरुमा आंशिक बद्लीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाँकी ठाउँको मौसम भने सामान्य रहने जनाइएको छ । यस्तै आज राती गण्डकी, बाग्मती र प्रदेश नम्बर १ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा जनाइएको छ । भने बाँकी ठाउँको मौसम सफा रहने छ । साथै महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै… पुरा पढौ

पशुपतिनाथ पुसको १ गतेदेखि भक्तजनका लागि खुला

गत चैतदेखि बन्द रहेको काठमाण्डौंस्थित पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको छ। विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिंगको पनि ज्योतिर्लिंग अर्थात् महाज्योतिर्लिंगका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन्।… पुरा पढौ

गण्डकीमा पछिल्लो २४ घण्टामा कोरोना : थपिने भन्दा निको हुने दोब्बर

गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै दोब्बर संख्यामा रहेका छन् । गण्डकी प्रदेशमा सोमबार ९१ जना नया कोरोना संक्रमित थपिदा १६२ जना संक्रमित निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ५८ जना पुगेको छ । त्यसमध्ये हालसम्म ७ हजार ७२ जना निको भइसकेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशमा हाल ४ हजार ८ सय २७ वटा सकृय केस रहेका छन् । गण्डकी प्रदेशमा… पुरा पढौ

पोखरामा अब घर\घरबाटै स्वाब संकलन गर्न सकिने

राष्ट्रिय आविश्कार केन्द्रले प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय आविश्कार केन्द्र आफैले फिटिङ गरेर प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले गाडी प्राप्त गरेसँगै अब स्वाब संकलनमा सहजता आउने विश्वास गरिएको छ । स्वाब संकलन गाडीमार्फत अबदेखि वडा–वडा र गाउँघरसम्मै पुगेर स्वाब संकलन गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । यसअघी… पुरा पढौ

पछिल्लो २४ घण्टामा कोरोनाले पोखरामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

पोखरामा कोरोनाले थप १ जनाको मृत्यू भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)ले पोखरा महानगरपालिका वडा नम्बर १३ की ७८ वर्षिया महिलाको मृत्यू भएको छ । योसँगै पछिल्लो २४ घण्टामा मृत्यू हुनेको संख्या ५ पुगेको छ । यसअघी अघि दिउँसो प्रदेश स्वास्थ्य निर्देशनालयले २ पटक विज्ञप्ती निकालेर २÷२ जना गरि ४ जनाको ज्यान गएको जनाइसकेको छ । गण्डकी प्रदेशमा भने कोरोनाले ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको आज दिउँसो… पुरा पढौ

इतिहासमै पहिलोपटक आज एकैदिन देशभर ३९६ अस्पतालको शिलान्यास

देशभर, अस्पताल नभएका ६४९ मध्ये ३९६ वटा स्थानीय तहमा आज (सोमबार) एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ। सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको हो। प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा… पुरा पढौ

पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको तयारी अन्तिम चरणमा

एसिया प्यासिफिक युवा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा आगामी डिसेम्बर ५ मा हुने पहिलो विश्व युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।“युवा, नवीनता र राष्ट्र निर्माण” मूल नारासहित हुन लागेको सम्मेलनमा एसिया क्षेत्रमा रहेका देशका एनआरएनएभित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र आजको आवश्यकता लगायतका विषयहरुमा छलफल र बहस गरिने एसिया प्यासिफिक युवा कमिटीका संयोजक दीपक कंडेलले जानकारी… पुरा पढौ

फरक क्षमता भएकी ११ वर्षिया बालिकालाई वलात्कार गर्ने प्रकाश नेपाली पक्राउ

११ वर्षिया फरक क्षमता भएकी बालिकालाई वलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरमा कोहिपनि नभएको अवस्थामा डर, त्रास र धम्की देखाई जबरजस्ती वलात्कार गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्ने २९ वर्षिय दीपक भनिने प्रकाश नेपाली पक्राउ परेका हुन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेश सरकार गम्भिर नबनेको आरोप

अपाङ्गतासँग सम्बन्धित सरोकारवालाहरुले प्रदेश सरकार अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुर्नस्थापना र कोभिड प्रतिकार्यमा गम्भीर नबनेको आरोप आरोप लगाएका छन् । राष्ट्रिय अपाङ्गता महासंघ नेपालको गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेस स्तरका सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालमा गम्भिर वन्न नसकेको बताएका हुन।कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका कार्यक्रमहरुमा सरकार सरोकारवाला निकायहरु संग छलफल नगरी एकलौटी ढङ्गबाट आगाडि बढन् खोजेको र त्यसले सरकारका लक्षित कार्यक्रमहरु सफल… पुरा पढौ