देश

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ । आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम्… पुरा पढौ

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन:मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना

कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक,… पुरा पढौ

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनेछन् । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरुसँग निरन्तर… पुरा पढौ

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ… पुरा पढौ

लेखनाथ महोत्सवमा २ लाख ५० हजार दर्शक

लेखनाथ, ११ पुस ।लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमान महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्। महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ ।  विदाका दिनमा मात्र  करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपको उपाधि कालिका माविलाई

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत… पुरा पढौ

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, पुस ११ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि शुरु हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आईतबारदेखि शुरु भएर पुस १७ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा… पुरा पढौ

पोखराको कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”,… पुरा पढौ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरिन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी… पुरा पढौ