देश

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन् । नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए । उनले भने, “ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम… पुरा पढौ

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री देउवाले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।” पार्टी उपसभापति एवं कानुन, न्याय तथा… पुरा पढौ

जहाज दुर्घटनामा ज्यान गुमाएका निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाको सहयोग

पोखरा, असार ३० पोखरामा गत माघ १ गते भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । जहाज दुर्घटनामा ज्यान गुमाएकी छन्त्यालको परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले १ लाख ३९ हजार ७६ रुपैयाँ सहयोग प्रदान गरेको हो । त्यस्तै, डिसेम्वर ३१, २०२२ मा अमेरिकाको न्युयोर्कमा गाडी दुर्घटनामा परि मृत्यु भएका पोखराका मनोज थापाको परिवारलाईपनि एनआरएनए अमेरिकाले ५७ हजार ४५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । थापाको परिवारमार्फत सो रकम देवघाटमा… पुरा पढौ

लोमान्थाङ वरपर छायंकन गरिएको मुस्ताङ्गे नानी सार्वजनिक

पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन्… पुरा पढौ

इक्यान उपाध्यक्षमा करिअर कोच राजन गोदारको उम्मेदवारी

पोखरा । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् । पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता… पुरा पढौ

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौ । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई… पुरा पढौ

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न चितवनमा शनिबारे मेला

चितवन । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। आगामी साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना गर्ने गरी तयारी थालिएको उनले बताए। उनले भने, “मेलाको तयारीस्वरुप टोल सुधार संस्थाहरु, उत्पादनसँग जोडिएका सहकारीहरु,… पुरा पढौ

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चँुदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ । चँुदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण… पुरा पढौ

पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध,यात्रुलाई समस्या

ढोरपाटन । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो । वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना… पुरा पढौ

युद्ध अन्त्यको माग गर्दै शान्तिवादीको रुसी दूतावास अघि प्रदर्शन

काठमाण्डौं । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडाँैस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ । आज दिउँसो सम्पन्न प्रदर्शनमा ‘रुस : तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन ः मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिन ः इतिहास लज्जित’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थी÷आन्तरिकरूपमा विस्थापित’, ‘खरबौँको क्षति, युद्ध लम्बिँदै छ’, ‘मानवता… पुरा पढौ