देश

नेपालमा रासायनिक मलको कारखाना स्थापनाबारे प्रारम्भिक प्रक्रिया शुरु

काठमाण्डौं । करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले आज एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका हुन् । सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार,… पुरा पढौ

‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत

काठमाण्डौं । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उद्योेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गरे । “यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन”, मन्त्री रिजालले भने, “संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै… पुरा पढौ

सबै तहमा ४० वर्षका युवा सहभागी गराइने : अध्यक्ष लिङ्देन

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाको अनिवार्य सहभागिता गराइने बताएका छन् । राप्रपा अब नवीन राप्रपा कार्ययोजनाअन्तर्गत जनताका घरदैलोमा राप्रपाका केही मूलभूत बुँदाहरू सार्वजनिक गर्न पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तीमा सात जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराइने बताए । आगामी छ महिनाभित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको सङ्ख्या सुनिश्चित गर्ने उनको भनाइ थियो । पार्टीले आगामी दिनमा विभिन्न… पुरा पढौ

१३ नम्बर वडावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

असार २८ पोखरा । पोखरा महानगरपालिका १३ नं. वडा कार्यालयले वडावासीलाई विहीवारबाट निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । सामान्य विरामी हुँदा उपचार खर्चको समेत जोहो गर्न धौधौ पर्ने नागरिकलाई आकस्मिक उपचारका लागि अस्पतालसम्म जाने एम्बुलेन्सलाई तिर्ने भाडा नहुँदा महङ्गो ट्याक्सी लिनुपर्ने वाध्यताको अन्त्य गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिएका छन् । १३ नम्बर वडा ग्रामीण भेगसम्म फैलिएको र पोखराभित्र पनि विकट भएको मानिन्छ । सर्वसाधरणलाई पोखरा महानगरवासी हुनुको महसुस दिलाउन पनि आपतविपतको साथी… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनबाट बजेट बहुमतले पारित

काठमाडौ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा… पुरा पढौ

चितवनमा एक लाख ६६ हजार जनङ्ख्या बाढीपहिरोबाट प्रभावित हुने

चितवन । चितवन जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए । महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ । यस्तै… पुरा पढौ

गरिबीको पराकष्टः रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ ।… पुरा पढौ

तनहुँका किसान पशुपालनमा आकर्षित :मासु, अण्डा र दूधमा आत्मनिर्भर

तनहुँ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो । उहाँका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध… पुरा पढौ

एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन् । अध्यक्ष… पुरा पढौ

कोशी सरकार गठनविरुद्धको रिटमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु ।” निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ । आदेशमा निवेदक तथा… पुरा पढौ