अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो । पुरा पढौ

गण्डकी प्रदेशका पत्रकारहरूको आर्थिक पत्रकारिता तालिम सम्पन्न

पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा जानकारी दिनु महत्वपूर्ण रहेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आम नागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे।… पुरा पढौ

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु २० बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार आठ सय ९५ मा… पुरा पढौ

३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा

पोखरा । यहि माघ १० गते देखि सुरु हुने ३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा भएको छ । महोत्सवको आयोजक पोखरा उद्योग वाणिज्य संघ पोखराले आज पत्रकार भेटघाट कार्यक्रममा  मेलाको तयारी बारे जानकारी दिएको हो । मेला पोखरा महानगर वडा नम्बर ९ नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि सुरु भई माघ १७ गते सकिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।  सोही व्यापार मेलाको अवसरमा १२ औं  क्यान इन्फोटेक २०२५ तथा चौथो… पुरा पढौ

बेटरको लक्की ड्र मा रानालाई प्रथम पुरस्कार

पोखरा । पोखरा महोत्सवमा बेटर ब्राण्डका विभिन्न घरयासी सामान खरिदका क्रममा उपलब्ध लक्की ड्र का बिजेताहरु घोषणा गरिएको छ । यूनाइटेड क्लव पोखराको आयोजनामा अमरसिंहचौरमा आयोजनामा भएको १३ औं पोखरा महोत्सवमा रहेका स्टलबाट बेटर ब्राण्डका सामान खरिद गर्दा उपलब्ध गराइएको कुपनबाट लक्की ड्र मार्फत विजेताहरुको घोषणा गरिएको हो । महोत्सवको मुख्य प्रायोजक समेत रहेको बेटरले महोत्सवको अन्तिम दिन सोमबार लक्की ड्र सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार पोखरा– ९ का गणेश रानाले प्रथम पुरस्कार स्वरुप बेटर ब्राण्डको १.५ टनको… पुरा पढौ

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

माघ ८ काठमाण्डौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गरेका थिए । विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ… पुरा पढौ

मुढा बुनेर आम्दानी गर्दै तनहुँ कारागारका कैदीबन्दी

दमौली । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् । कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए । उनले भने, “कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक… पुरा पढौ

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ । जिल्लामा किसानले यस वर्ष रु एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु १८ करोड आम्दानी गरेको उनको… पुरा पढौ

टेसा पोखराको २६ औं वार्षिक साधारणसभा सम्पन्न

माघ ७ पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुु¥याएको बताए ।संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उनले आगामी दिनमा संस्थाको सफलताको कामना… पुरा पढौ