अर्थ

कलम सहकारीको अध्यक्षमा सापकोटा

पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले मनोहरि सापकोटाको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेशराज बराल सचिवमा लाल प्रसाद पाठक सह सचिवमा बसुन्धरा कोइराला कोषाध्यक्षमा प्रकाश बास्तोला रहेका छन् भने सदस्यहरूमा शालिकराम देवकोटा,लोकराज दाहाल, प्रेम राना,चन्द्रदिव्याश्वरी भण्डारी सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा किरण बराल तथा सदस्यहरूमा दिपेन्द्र पोखरेल सरिता गिरि चयन भएका छन् । यस अघि सहकारीकोे चौधौ साधारण सभा… पुरा पढौ

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २४ पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज ९शनिबार० पोखरामा आज सम्पन्न भएको हो । संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । ‘सहकारीलाई जीवन्त, दिगो, बलियो र संस्थालाई अगाडि बढाउन सबैको भूमिका… पुरा पढौ

ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २४ पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार पोखरा– २ मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

कार्तिक २३ पोखरा । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ । खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो… पुरा पढौ

सिम्पानी साँझबाट ७ लाख संकलन

कार्तिक २३ पोखरा । पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिए । सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए । यस्तै ‘मिलन एण्ड… पुरा पढौ

सालझण्डी-ढोरपाटन सडक: १६ वर्षमा ३० प्रतिशत मात्रै प्रगति

बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् । अझैपनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको… पुरा पढौ

सहकारी बचत पीडितको गुनासो : रास्वपाले सहकारी बचत पीडितको पक्षमा उभिनुको सट्टा उल्टै बदनाम गर्यो

पोखरा, कात्तिक २३ पुरानालाई ‘नो नट अगेन’ भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय एकपछि अर्को नाममा बदनाम भइरहेको छ । अझ सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा पक्राउ परेपछि त झनै आलोचनामा फसेको छ रास्वपा । सहकारी पीडितको न्यायको पक्षमा उभिएको भन्दै बेलाबेला उनीहरुको पक्षमा नारापनि लगाउँछ । तर सहकारी पीडितको नाम भजाउँदै तिनै पीडितको बदनाम गरिरहेको आरोप लागेको छ । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा… पुरा पढौ

हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक

गलकोट । पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ… पुरा पढौ

गण्डकी प्रदेश महोत्सव :मुख्य आकर्षण ‘अन्डरवाटर फिस टनेल’

नवलपुर । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलो पटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । महोत्सवभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए… पुरा पढौ

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण… पुरा पढौ