बेटरको लक्की ड्र मा रानालाई प्रथम पुरस्कार


     एभरेस्ट आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महोत्सवमा बेटर ब्राण्डका विभिन्न घरयासी सामान खरिदका क्रममा उपलब्ध लक्की ड्र का बिजेताहरु घोषणा गरिएको छ ।

यूनाइटेड क्लव पोखराको आयोजनामा अमरसिंहचौरमा आयोजनामा भएको १३ औं पोखरा महोत्सवमा रहेका स्टलबाट बेटर ब्राण्डका सामान खरिद गर्दा उपलब्ध गराइएको कुपनबाट लक्की ड्र मार्फत विजेताहरुको घोषणा गरिएको हो ।

महोत्सवको मुख्य प्रायोजक समेत रहेको बेटरले महोत्सवको अन्तिम दिन सोमबार लक्की ड्र सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार पोखरा– ९ का गणेश रानाले प्रथम पुरस्कार स्वरुप बेटर ब्राण्डको १.५ टनको एसी प्राप्त गरेका छन् ।

यस्तै पोखरा–१४ का साहरा लामिछानेले द्वितिय पुरस्कार २५ लिटरको इलेक्ट्रिक गिजर ‘मोनका प्रो २५’ र ९० सेन्टीमिटरको ग्लासहुड चिम्नी प्राप्त गर्दा तृतिय पुरस्कार पोखरा–१४ कै तनिस तामाङले बेटरको ३ बर्नर भएको बिल्ट इन हब चुल्हो प्राप्त गर्न सफल भएको बेटर शोरुमका प्रमुख बिनोद गुप्ताले जानकारी दिए ।

बेटरको मुख्य प्रायोजनमा गत पुस २५ गतेदेखि शुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन भएको थियो । बिजेतालाई पोखराको नयाँबजार स्थित बेटरको आधिकारिक शो रुममा विशेष कार्यक्रमका बिच पुरस्कार हस्तान्त्रण गरिने शोरुमका प्रमुख गुप्ताले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।