अर्थ

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

कार्तिक १ काठमाण्डौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म रु एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म रु एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट रु १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट रु पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट रु नौ… पुरा पढौ

मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

पोखरा । हिमाल पारीको जिल्ला प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा यही कात्र्तिक २ गतेदेखि ८ गते सम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ । महोत्सवमा नेपालका श्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बो लगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान, र भुटानका १६ जना कलाकारहरूले हिमाली क्षेत्रमा तत्स्थानीय सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिने जनाइएको छ । महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अन्तर्गत हुने… पुरा पढौ

सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

असोज ३० काठमाण्डौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताएका छन् । ‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल सहकार्यका लागि आज आयोजित समारोहमा उनले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताए । उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिए । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ… पुरा पढौ

सिर्जना बहिरामा अक्षयकोष तथा स्टेशनरी सहयोग

असोज ३० पोखरा । पोखरा महानगरपालिका वडा नं –२६ मा रहेको सिर्जना बहिरा आवासीय माध्यामिक विद्यालयका बिद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने गरि ५१ हजार बराबरको अक्षयकोष स्थापना गरिएको छ । स्थायी ठेगाना फलेवास–८ पर्वत भई हाल पोखरा १० कामना टोल निवासी पुर्व बेलायती सैनिक गुमानसिँह गुरुङ र झमानसिँह गुरुङले आफ्ना बुबा रआमा स्व. सु.मे. धन बहादुर गुरुङ र स्व. दुर्गा कुमारी गुरुङको स्मृतिमा ५१ हजार वरावरको रकमको अक्षयकोष स्थापना गरेका हुन् । पुर्व बेलायती सैनिक दाजुभाईले वुवा आमाको सम्झना विद्यालयका… पुरा पढौ

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

असोज २९ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु. चार वृद्धि भएको छ । मूल्य बढेसँगै पोखरामा अब पेट्रोलको मूल्य प्रतिलिटर रु. एक सय ५९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. एक सय ५१ कामय भएको छ । पुरा पढौ

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

असोज २९ काठमाण्डौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह… पुरा पढौ

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

असोज २९ काठमाण्डौं । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय… पुरा पढौ

दसैँपछि पनि सुनको मूल्य बढ्यो

दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरि, चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो । पुरा पढौ

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

असोज २८ काठमाण्डौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट… पुरा पढौ