अर्थ

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१-८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए । उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ । उनले भने,“रु पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य… पुरा पढौ

पोखरामा फोटोनको माउन्टेन ईभी भ्यानको सुरुवात

पोखरा । पोखरामा फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको भव्य शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमका विच पोखराको बुद्धचोकस्थित फोटोन सोरुमले उक्त माउन्टेन ईभी भ्यानको भब्य शुभारम्भ गरेको हो । विशेषगरी नेपालको चुनौतीपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको ‘माउन्टेन ईभी भ्यान सबैभन्दा बेस्ट’ स्लोगन रहेको उक्त ईभी भ्यानको पृथ्वी यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, स्याङ्जा गण्डकी यातायात कम्पनीका अध्यक्ष भानु बराल, धवलागिरी गण्डकी यातायात सेवा कम्पनीका अध्यक्ष उमेश केसी, पोखरा ब्राञ्च प्रमुख किरण ओझा लगायतले उक्त… पुरा पढौ

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५०… पुरा पढौ

केभसिटी पर्यटन सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा । केभसिटी पर्यटन सहकारी संस्था लिमिटेड पोखरा १६ बाटुलेचौरको पाँचौ साधारणसभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै सहकारीका अध्यक्ष वेनी बहादुर बस्नेतले सहकारी संस्थाको मुख्य आधारशिला भनेकै यसका सदस्यहरू रहेको बताउदै, पर्यटन केन्द्रित उद्यममा जोड दिए । कार्यक्रममा पुर्व मन्त्री एवम् शेयर सदस्य कुमार खड्का, सल्लाहकार नरनाथ भट्टराई, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, नयाँ किरण सहकारीका उपाध्यक्ष ओममाया नेपाली, शिक्षासेवी ताराप्रसाद तिमिल्सिना,अग्नीधर शर्मा लगायतकाले निति र नियम भित्र रहेका सहकारीमा समस्या नरहेको स्पष्ट पारे। सभामा लेखा संयोजक सुरेन्द्र… पुरा पढौ

गण्डकी अटो मेकानिक्सको अध्यक्षमा अधिकारी

मंसिर २३ पोखरा । गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसजको २५ औँ वार्षिक साधारण तथा १५ औँ अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्षमा जगन्नाथ गर्तौला, महासचिवमा विजेन्द्र चौधरी, कोषाध्यक्षमा निहाल अन्सारी , सचिवमा सन्तोष राउत कर्मी र सहकोषाध्यक्षमा प्रकाश गिरी चयन भएका छन । यस्तै, समितिको सदस्यहरुमा डिल बहादुर तुलाधर, एक बहादुर बानिँया, विन्दु पावे, गंगा बहादुर कुँवर, भिमसेन शाह रहेका छन । निर्वाचित समितिलाई निर्वाचन… पुरा पढौ

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

वालिङ । स्याङ्जाका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् । अर्यालले आफ्नै बगैँचामा उत्पादन गरे सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु पाँच करोडसम्मको करोबार हुने उनले जानकारी… पुरा पढौ

सुनिएको शरीर लिएर विद्यालय पुग्छन् महेन्द्र विक : उपचार गर्ने पैसा छैन

बलेवा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उनी पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्छन्। जन्मेको तीन महिनामा उनी बिरामी परे । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउछन्। विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै… पुरा पढौ

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास व्यवसाय सञ्चालनमा

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् । हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन्… पुरा पढौ

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

गलकोट । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट रु १२ लाख किसानलाई बुझाएको बताए। तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । “सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा… पुरा पढौ

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ । त्यसैगरी बन्दीपुरमा साढे… पुरा पढौ