पोखरा महानगर पालिका वडा नं– ६ बैदाममा स्थित उपकार बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौ अधिवेशनबाट अध्यक्षमा सुर्यनाथ पहारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सुर्यनाथ पहारी अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको छ ।संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिव कृष्ण कुमारी पौडेल, कोषाध्यक्ष बैकुण्ठ ढुङ्गाना चयन भएका छन् । सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल सर्वसम्मत निर्वाचित भएका हुन् । लेखा समितिको संयोजकमा…
पुरा पढौ