अर्थ

चाँडपर्वको अवसरमा भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा, कात्तिक १४ भाषा संघ नेपाल (ल्यान)ले नेपालीको विभिन्न चाँडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपालीको महान चाँडहरु बडादशैं, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्दै संघले गर्ने आगामी कार्यक्रमको बारेमा धारणा राखेका थिए । संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठले स्वागत तथा महासचिव बालकृष्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । शुभकामना दिदै अध्यक्ष भान्साकार्यले भाषा संघ नेपाल जापानी… पुरा पढौ

समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताका शतप्रतिशत बचत फिर्ता

कार्तिक १३ काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म रु एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री… पुरा पढौ

नेप्से परिसूचक ४६ अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१… पुरा पढौ

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

गलेश्वर । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।… पुरा पढौ

विश्व खाद्य दिवसमा कृषक पुरस्कृत

पोखरा, कात्तिक १२ गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसको अवसरमा मन्त्रालयले कृषि ज्ञान केन्द्र कास्कीसँगको सहकार्यमा आयोजना गरेको ‘सचेतनामूलक अन्र्तक्रिया’ कार्यक्रमको अवसरमा कृषकहरुलाई पुरस्कृत गरेको हो । विभिन्न पालिकाबाट छनौट भई प्रदर्शनीका लागि आएका १० कृषक समूहमध्ये माछापुच्छ«े कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रथम, सुनपँदेली कृषि सहकारी संस्था लिमिटेड द्वितीय, आदर्श कृषि सहकारी संस्था लिमिटेड तृतीय र पिपलडाली काफलघारी कृषक समूहले सान्त्वना स्थान… पुरा पढौ

बागलुङका सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

ढोरपाटन । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ । बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नं ३… पुरा पढौ

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ,सम्झौता सकिन एक महिना मात्रै बाँकी

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ । निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दासमेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि बल्ल आधा मात्रै काम भएको आयोजनाले जनाएको छ । बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्र्याक बगाउदा… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो । यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ… पुरा पढौ

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

कार्तिक ११ काठमाण्डौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन… पुरा पढौ

ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङ सदरमुकामका होटल भरिभराउ

गलकोट । चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् । दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् । विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो… पुरा पढौ