विश्व खाद्य दिवसमा कृषक पुरस्कृत


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक १२

गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसको अवसरमा मन्त्रालयले कृषि ज्ञान केन्द्र कास्कीसँगको सहकार्यमा आयोजना गरेको ‘सचेतनामूलक अन्र्तक्रिया’ कार्यक्रमको अवसरमा कृषकहरुलाई पुरस्कृत गरेको हो । विभिन्न पालिकाबाट छनौट भई प्रदर्शनीका लागि आएका १० कृषक समूहमध्ये माछापुच्छ«े कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रथम, सुनपँदेली कृषि सहकारी संस्था लिमिटेड द्वितीय, आदर्श कृषि सहकारी संस्था लिमिटेड तृतीय र पिपलडाली काफलघारी कृषक समूहले सान्त्वना स्थान प्राप्त गर्दै नगदसहित पुरस्कृत भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधान खाद्य सुरक्षाको ज्ञारेन्टी गरेकाले त्यसको कार्यान्वयनमा ध्यान केन्द्रीत गरिएको बताईन् । उनले उत्पादन बृद्धिसँगै त्यसको प्याकेजिङ, भण्डार र वितरणमा ध्यान दिन सके संविधानले ज्ञारेन्टी गरेको खाद्य सुरक्षाको प्रत्याभूति दिन सकिने बताए ।

मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईंले खाद्य सुरक्षाका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । तर त्यसका लागि जलवायु परिवर्तनको प्रतिकुलता, युवाहरु रोजगारीका लागि विदेश पलायन, कृषि कार्य प्राथमिकतामा नपर्नु, कृषि अनुसन्धानले गति नलिनुलगायत बाधक बनेको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बरिष्ठ अधिकृत नवराज दाहालले खाद्य स्वच्छता र गुणस्तर ः सबैको सरोकार भएको बताए । उनले खाद्य सुरक्षाका लागि लगानी बृद्धि गर्नुपर्ने, प्याकेजिङ र भण्डारण तथा वितरणमा ध्यान दिदै त्यसको गुणस्तर भएनभएकोबारे नागरिकपनि सचेत हुन जरुरी रहेको औंल्याए ।

मन्त्रालयका कृषि विकास महाशाखाका महानिर्देशक मीरा चौधरीले जनतामा खाद्य अधिकारबारे पर्याप्त जानकारी नहुँदा खाद्य सुरक्षामा गम्भीर चुनौति देखिएको बताईन् । उनले दिवसको अवसर पारेर त्यससम्बन्धि सचेतना कार्यक्रम गरिएको उल्लेख गरिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।