अर्थ

लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घट्यो

काठमाडौँ । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो । “कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन”, एकीकृत निर्देशनको संशोधनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिका लागि… पुरा पढौ

आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

गण्डकी । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्पmत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम… पुरा पढौ

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

म्याग्दी । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिए। उनका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण,… पुरा पढौ

राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन, चल्न थाले सार्वजनिक सवारी साधन

पोखरा, साउन १३ गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन भएको छ । आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच आइतबार राइड सेयरिङ अर्थात नीजि सवारी साधन रातो प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा यात्रु ओसारपसार गर्नका लागि बुझाइएको ज्ञापन पत्रबारे अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदल गठन भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा यातायात व्यवसायीले गरेको आन्दोलनपनि स्थगित भएको छ । यातायात… पुरा पढौ

उर्लेर आउँदा मर्स्याङ्दीको भेल

गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झसंग हुन्छन् । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । यो थियो, २०७८ असार १ गतेको कुरा । अपराह्नको समय घरछेउबाट मर्स्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मर्स्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रुप फेरेका थिए । ‘साँझ ५ बजेतिर घट्टे खोलामा बाढी आयो, हेर्दाहेर्दै हाम्रो थातथलो बगायो’, हिमालपारि मनाङका गुरुङले सुनाए, ‘त्यस्तो दिन फेरि कहिल्यै नआओस्, अहिले त सम्झँदा पनि मन झसंग हुन्छ ।’ दिउँसोको समय… पुरा पढौ

एक वर्षमा ३१ अर्बभन्दा बढीको स्मार्टफोन, हेडफोन र चार्जर आयात

साउन १२ काठमाण्डौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।… पुरा पढौ

समदृष्टि सहकारीमा नयाँ नेतृत्व

साउन १२ पोखरा । कास्की नेत्रहिन संघको अग्रसरताका स्थापना गरिएको समदृष्टि बचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । वि स २०६८ सालमा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुकै पहलमा स्थापना गरिएको सहकारीको सातौं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा दण्डपाणि ढकाल, सचिवमा छविलाल आले, सह सचिवमा रिता केसी, कोषाध्यक्षमा शुसिल गोदार र… पुरा पढौ

परोपकार महासंघलाई पोखरा आरम्भ चौतारीको सहयोग

साउन १२ पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग गरेको हो । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर… पुरा पढौ

नबिल बैंकको वार्षिकोत्सव : पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

साउन १२ पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको… पुरा पढौ

कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ । पटकपटक अबरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव… पुरा पढौ